कीवर्डहरू -

४५ दिनसम्म ब्याट्री टिक्ने एन्ट्री लेभलको स्टाइलिस फोन रियलमी सी थर्टी नेपालमा, कति छ मूल्य ? 

४५ दिनसम्म ब्याट्री टिक्ने एन्ट्री लेभलको स्टाइलिस फोन रियलमी सी थर्टी नेपालमा, कति छ मूल्य ? 

एन्ट्री लेभलको सबैभन्दा स्टाइलिस स्मार्टफोन रियलमी सी ३० नेपाली बजारमा सार्वजनिक भएको छ । बजेटमा उपलब्ध फोन मध्ये रियलमी सी ३० पातलो र हल्का भएको कम्पनीको भनाइ छ ।

यसको हाइ स्पिड फ्ल्यास स्टोरेजले ३ गुणासम्म छिटो डाटा रिड र राइट गर्न सक्ने रियलमीको दावी छ । यसमा पछाडिको क्यामरा ८ मेगापिक्सेलको छ भने अगाडिको क्यामरा ५ मेगापिक्सेलको रहेको छ ।

शक्तिशाली ५००० एमएएचको ब्याट्रीको साथमा प्रयोगकर्ताहरुले दिनभरी नै आनन्दसँग फोन चलाउन सक्छन् भने स्ट्यान्डबाइ मोडमा ४५ दिनसम्म टिक्छ ।

यो फोन ब्याम्बू ग्रिन र लेक ब्लु रंगमा उपलब्ध रहेको छ । २ जीबी र्‍याम र ३२ जीबी स्टोरेज भएको फोनको मूल्य १४ हजार ४९९ रूपैयाँ तोकिएको छ ।

त्यस्तै ४ जीबी र ६४ जीबी स्टोरेज १९ हजार ९९९ रूपैयाँ तोकिएको छ । भदौ ५ गतेबाट रियलमी सी ३० नेपालभरका स्टोर र दराजमा उपलब्ध भएको छ ।