कीवर्डहरू -

मोको डिजिटल वालेटमा गरिमा विकास बैंकको कार्ड लिंक गरी भुक्तानी गर्न सकिने

मोको डिजिटल वालेटमा गरिमा विकास बैंकको कार्ड लिंक गरी भुक्तानी गर्न सकिने

गरिमा विकास बैंकले भिजा कार्डबाट हुने विभिन्न बिल भुक्तानीहरुलाई थप सरल तथा ग्राहकमैत्री बनाउन फोकसवान पेमेन्ट सोलुसनससँग सम्झौता गरेको छ ।

यसअनुसार बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले आफ्नो भिजा कार्ड मोको डिजिटल वालेटमा लिंक गराई विभिन्न सेवाहरु जस्तैः मोबाईल टपअप, इन्टरनेट/बिद्तुत/खानेपानीको बिल भुक्तानी, हवाईजहाजको टिकटको बिल भुक्तानी लगायतका सेवाहरु सजिलै प्रयोग गर्न सक्नेछन् ।

साथै, मोको डिजिटल वालेटबाट नेपालभर १५०० भन्दा बढी मर्चेन्टहरुमा स्क्यान टु पे मार्फत सजिलै बिल भुक्तानी गर्न सकिने बैंकले जनाएको छ ।