कीवर्डहरू -

शनिबार र आईतबार पाँचौं नेपाल युथ साइन्स समिट आयोजना हुँदै, यसरी हुनुहोस् सहभागी

शनिबार र आईतबार पाँचौं नेपाल युथ साइन्स समिट आयोजना हुँदै, यसरी हुनुहोस् सहभागी

आउँदो शनिबार र आईतबार पाँचौ नेपाल युथ साइन्स समिट आयोजना हुने भएको छ । काठमाडौंको दरबार हाई स्कुलमा आयोजना हुने उक्त समिटमा विज्ञान, प्रविधि र इन्नोभेसनसँग सम्बन्धित विभिन्न गतिविधि हुनेछन् ।

बिहान १० बजेदेखि साँझ ६ बजेसम्म दुई दिन सञ्चालन हुने कार्यक्रममा प्रमुख अतिथिको रूपमा बागमति प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठको उपस्थिति रहनेछ ।

ब्रेनी क्युब रिसर्च अर्गनाइजेसनले आयोजना गरेको दुई दिनै कार्यक्रममा विज्ञानप्रति रूची राख्ने विद्यार्थीहरू सहभागी हुने जनाइएको छ । कार्यक्रममा डेटा साइन्स, स्टिम एजुकेसन र वेस्ट म्यानेजमेन्टको विषयमा प्यानल डिस्कसन हुनेछ ।

त्यस्तै समिटमा  सहभागीले आफ्नो परियोजना बारे प्रिन्जेन्टेसन गर्नेछन् र उत्कृष्ट परियोजनालाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा समेत पठाइने छ । विज्ञानमा रूची भएकाहरूको आईडिया र रिसर्चलाई प्रवर्द्धन गर्न र अन्तर्राष्ट्रियस्तरमा चिनाउन यस कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने आयोजकको भनाइ छ ।

कार्यक्रमको अन्तिम दिन एकजना महिलालाई वुमन अवार्ड समेत प्रदान गरिने छ । यदी तपाई पनि युथ साइन्स समिटमा सहभागी हुन चाहनुहुन्छ भने यहाँ क्लिक गरि रजिष्टर गर्नुहोस् ।