कीवर्डहरू -

दक्षिण एशियामा स्वास्थ्य सुविधा बढाउन फ्युजमेसिन र उपाकेयर बिच सहकार्य

दक्षिण एशियामा स्वास्थ्य सुविधा बढाउन फ्युजमेसिन र उपाकेयर बिच सहकार्य

दक्षिण एसियामा स्वास्थ्य सुविधा बढाउनका लागि फ्युजमेसिन र उपाकेयरले सहकार्य गरेको छ । उपाकेयर बेलायतमा रहेको स्वास्थ्य प्रविधि कम्पनी हो । यी दुई कम्पनीले विरामी लक्षित एअईबाट पावर गरिएको डिजिटल स्वास्थ्य प्लेटफर्म बनाउनका लागि सम्झौता गरेका छन् ।

यसले स्वास्थ्यको स्तर सुधार्न र रोगको भार कम गर्न मद्दत गर्ने कम्पनीले बताएको छ । यस डिजिटल प्लेटफर्मले विरामी तथा स्वास्थय सेवा प्रदायकहरलाई एक अर्कासँग सजिलै जोडिने मौका दिने गर्दछ ।

नेपालमा अझै पनि स्वास्थय पूर्वाधारको अवस्था कमजोरनै रहेको कारणले प्रविधिमा आधारित प्लेटफर्म लिएर आएको भनेर उपाकेयरकी सिईओ सुमित्रा काफ्लेले बताएकी छिन् ।

त्यस्तै फ्युजमेसिनका दक्षिण एशियाली प्रबन्ध निर्देशक पराग श्रेष्ठले एआई र डेटाले विश्वव्यापी समस्याहरु समाधान गरिरहको र यसले स्वास्थयमा क्षेत्रमा पनि सुधार ल्याउने मनसाय व्यक्त गरेका थिए ।

फ्युजमेसिनका सिईओ समिर मास्केले उपकेयरसँगको सम्झौतामा खुशी व्यक्त गर्दै एआईको प्रयोगले विभिन्न समुदायलाई सहयोग पुर्याईरहने बताएका छन्  ।