कीवर्डहरू -

सफ्टवेरिका कलेज र टेक एण्ड ट्रेन्डीद्वारा आयोजना भएको एआई सम्बन्धि प्यानल डिस्कसन सम्पन्न

सफ्टवेरिका कलेज र टेक एण्ड ट्रेन्डीद्वारा आयोजना भएको एआई सम्बन्धि प्यानल डिस्कसन सम्पन्न

आइटीको उच्च शिक्षा प्रदान गर्दै आएको सफ्टवेरिका कलेज र टेक एण्ड ट्रेन्डीद्वारा आयोजित एआई सम्बन्धि प्यानल डिस्कसन सम्पन्न भएको छ ।

कार्यक्रममा आर्टिफिसियल इन्टेलिजेन्स (एआइ)को विषयमा विधागत विज्ञसँग  छलफल भएको थियो । उक्त कार्यक्रममा प्यानलिस्टको रूपमा एनएएएमआइ संगठनका निर्देशक बिजेस खनाल, मेसिन लर्निङ इन्जिनियर श्रवण ठाकुर, एआइ र जबस्निपरका सह–संस्थापक उज्वल कोइराला, डाटा साइन्स विज्ञ आयुष अधिकारी थिए भने माेडरेटरकाे रूपमा अनुप घिमिरे रहेको कलेजका प्रमुख प्रमोद पौडेलले जानकारी दिए ।

उनका अनुसार कार्यक्रममा विभिन्न कलेजका विद्यार्थीहरूले सहभागीता जनाएका थिए । साथै प्यानलिस्ट र विद्यार्थीहरू बिच एआई विषय पढनुका फाइदा, यसको भविष्य, विद्यार्थीले पाउने अवसर, समाजले लिन सक्ने लाभ र साइबर सेक्युरिटीमा यसको भूमिका लगायतका विविध विषयमा जानकारी मुलक छलफल भएको थियो।