कीवर्डहरू -

एनएलजी इन्स्योरेन्स कम्पनी र ई-बीमा बीच सम्झौता, अब अनलाइनबाटै बीमा खरिद गर्न सकिने 

एनएलजी इन्स्योरेन्स कम्पनी र ई-बीमा बीच सम्झौता, अब अनलाइनबाटै बीमा खरिद गर्न सकिने 

पहिलो डिजिटल बीमा सेवा प्रदायक ई-बीमा र एनएलजी इन्स्योरेन्स कम्पनी  लिमिटेडबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । ई-बीमाको यो नै पहिलो व्यावसायिक  सम्झौता हो ।

सम्झौता अनुसार ई-बीमाको प्लेटफर्म मार्फत अनलाईनबाट नै ई-बीमा खरिद गर्न सकिनेछ । सम्झौता  पत्रमा ई-बीमाका प्रबन्ध निर्देशक रोशन ज्ञवाली र एनएलजी इन्स्यारेन्स कम्पनी लिमिटेडका  प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले हस्ताक्षर गरेका हुन् ।

हस्ताक्षरित सम्झौता आदानप्रदान गर्दै निर्देशक ज्ञवालीलेएनएलजी ईन्स्योरेन्ससँगको पछिल्लो सहकार्यले  नेपाली बीमा बजारमा डिजिटल प्लेटफर्मको महत्वलाई उजागर गरेको बताउँदै जनतामा बीमा नीति  डिजिटलीकरणको आवश्यकता बढ्दै गएको उल्लेख गरे ।

त्यस्तै एनएलजी ईन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले जनतामा बीमा नीतिहरूका लागि डिजिटलाईजेसनको आवश्यकता बताउँदै ई-बीमासँग गरिएको यो सम्झौतापछि बजारको त्यस्तो आवश्यकता पूरा हुने विश्वास व्यक्त गरे ।

बीमा क्षेत्रमा डिजिटलाईजेसनको  आवश्यकतालाई अर्को प्रगतिशील पाईलाका रूपमा उल्लेख गर्दै अधिकृत पन्तले एनएलजी ईन्स्योरेन्स यस  सम्भावनालाई साकार पार्न र यसबाट जनतालाई नीतिहरू प्राप्त गर्न सहज बनाउन सहयोग गर्न पूर्ण  प्रतिबद्ध रहेको बताए ।

ई-बीमाले नेपालमा भएका सबै बीमा सम्बन्धी सेवाहरूको लागि एक - स्टप समाधान हुने र देशका सबै  बीमा प्रदायकहरूलाई एउटै डिजिटल प्लेटफर्ममा जोड्ने गरी काम गरिरहेको छ । ई-बीमा सन् २०१५ देखि विभिन्न  बीमा उत्पादन र सेवाहरूलाई डिजिटलाईज गर्न सक्रिय छ ।

ई-बीमाको सेवा गैर-जीवन बीमा योजनाहरू  र उत्पादनहरूमा मात्र सीमित नभई जीवन बीमा, वैदेशिक रोजगारी, लघुबीमा, विद्यार्थी सुरक्षा योजनाहरू तथा अन्य क्षेत्रहरूमा आफ्ना ग्राहकहरूलाई सबैभन्दा उदारीकृत खरिद विकल्पहरू प्रदान गर्न सक्रिय रूपमा  संलग्न छ ।

ई-बीमाले विश्वव्यापी परिवर्तनको गतिमा बजारको विकास गर्न बजारका अन्य  सरोकारवालाहरूका लागि बलियो बीमा-टेक प्लेटफर्म विकास गर्न ठूलो मात्रामा लगानी गरेको छ ।