कीवर्डहरू -

नेपाली युवाको हितमा काम गर्ने सामसङ इलेक्ट्रोनिक्सका ग्लोबल अध्यक्षको प्रतिबद्धता

नेपाली युवाको हितमा काम गर्ने सामसङ इलेक्ट्रोनिक्सका ग्लोबल अध्यक्षको प्रतिबद्धता

सामसङ इलेक्ट्रोनिक्सका ग्लोबल अध्यक्ष तथा सिएफओ एच के पार्कले बुधबार नेपालको औपचारिक भ्रमणका क्रममा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका छन् । उक्त भेटमा पार्कसँग कम्पनीका अन्य वरिष्ठ अधिकारीहरूको पनि सहभागिता रहेको थियो ।

भेटका क्रममा पार्कले प्रधानमन्त्री देउवालाई सामसङले इलेक्ट्रोनक्सि उत्पादन, रिटेल र रोजगारी सर्जिनाका क्षेत्रमा गरिरहेको विभिन्न पहलका बारेमा जानकारी गराएका छन् । पहलहरूले भविष्यमा समुदाय, विशेष गरी नेपाली युवाहरूको हितमा काम गरिने सामसङको प्रतिबद्धता दोहोर्‍याए ।

सामसङले आफ्नो स्थानीय साझेदार हिम इलेक्ट्रोनिक्स(गोल्छा समुह)संग मिलेर नवलपरासीमा एलइडि टिभी उत्पादन गर्ने कारखाना संचालन गर्ने घोषणा गरिसकेको छ ।

नेपालमा इलेक्ट्रोनिक्स उत्पादनहरू गर्न यस नयाँ उद्योगबाट बल पुग्नेमा सामसङ विश्वस्त छ । यसका साथै स्थानीय उत्पादन क्षमता वृद्धि गर्ने र रोजगारीका अवसरहरू सिर्जना गर्ने नेपाल सरकारको नीतिमा पनि मद्दत पुग्न जानेछ ।

सामसङले नेपालमा दुई दशक देखि नेपालमा आफ्नो व्यापार गररिहेको छ । आज देशमा यो ब्राण्ड घरेलु नाम बनिसकेको छ ।

यसले हाल नेपाली बजारमा आफ्ना साझेदारहरू  मार्फत स्मार्टफोन र उपभोक्ता इलेक्ट्रोनिक्स उत्पादनहरू जस्तै टेलिभिजन, रेफ्रिजरेटर, वाशिङ मेसिन र माइक्रोवेभहरू बिक्री गर्दै आएको छ । कम्पनीसँग २ हजार भन्दा बढी इलेक्ट्रोनिक्स रिटेल स्टोर र ग्राहक सेवा केन्द्रहरूको बलियो नेटवर्क विस्तार छ ।