कीवर्डहरू -

बुवाको मुख हेर्ने दिनको अवसरमा सानिमा बैंकका ग्राहकलाई २० प्रतिशतसम्म छुट

बुवाको मुख हेर्ने दिनको अवसरमा सानिमा बैंकका ग्राहकलाई २० प्रतिशतसम्म छुट

सानिमा बैंकले बुवाको मुख हेर्ने दिनको अवसरमा ग्राहकलाई विशेष छुट दिने व्यवस्था गरेको छ । उक्त छुट ग्राहकहरुले रेडिसन होटलको द पेस्ट्री शप, अकामा होटल, गिफ्टमाण्डू, केक मार्ट प्रालि, बाजेको केक, ओनेक्स ट्रेडिङ प्रालि र सोवा हेल्थ केयर सेन्टरमा प्राप्त गर्न सक्नेछन् ।

सानिमा बैंकको डेविट-क्रेडिट कार्ड वा मोबाइल बैंकिङ्गबाट साझेदारी मर्चेन्टहरुमा भुक्तानी गर्दा २० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

यसैगरी कुनै पनि मर्चेन्टमा ग्राहकहरुले सानिमा मोबाइल बैंकिङ्गबाट भुक्तानी गर्दा १० प्रतिशत अधिकतम रु. १०० सम्मको छुट प्राप्त गर्न सक्नेछन् । यो योजना बुवाको मुख हेर्ने दिन शनिबार मात्र लागू हुने बैकले जनाएको छ ।