कीवर्डहरू -

सेलिब्रेटीको न्यूजफिडमा नचिनेको मान्छेको पोस्ट देखाउने फेसबुकको बग समाधान

सेलिब्रेटीको न्यूजफिडमा नचिनेको मान्छेको पोस्ट देखाउने फेसबुकको बग समाधान

फेसबुकले सेलिब्रेटीहरुको न्यूजफिडमा नचिनेको मान्छेहरुको पोस्ट देखाउने बगलाई समाधान गरेको छ ।सेलिब्रेटीको न्युजफिडमा नचिनेको व्यक्तिको पोष्ट आउन थालेपछि सेलिब्रेटीहरू आश्चर्य चकित परेका थिए ।

आफूले फलो नगरेको र कहिले पनि नदेखेको प्रयोगकर्ताहरूको विभिन्न पोस्ट देखेपछि प्रयोगकर्ताहरूले मेटासमक्ष के भएको हो भनेर छानबिन गर्न आग्रह गरेका थिए । त्यसपछि उक्त बगलाई मेटाले समाधान गरेको छ ।

यस विषयमा सर्वप्रथम स्काई न्यूजले रिपोर्ट गरेको थियो । यसबाट करिब २६०० जना प्रभावित भएका थिए । यसमध्ये ८० प्रतिशत प्रयोगकर्ता डेस्कटप भर्सन प्रयोग गर्ने गरेको पाइएको छ । यसले बेलायत, अमेरिका, प्सेन, क्यानेडा, मेक्सिको, इटली, फ्रान्स, पोल्याण्ड र अष्ट्रेलिया जस्ता देशहरु प्रभावित भएका थिए ।