जस्मिन पेन्ट्सले चाडपर्व नजिकिएसँगै वर्षै भरी खुसियाली साट्ने उद्देश्यका साथ 'वर्षै भरी हर्ष, प्रत्येक महिना लखपति, उपहार त कति कति' भन्ने स्लोगनका साथ ग्राहक लक्षित उपहार योजना सञ्चालमा ल्याएको छ ।
यस योजना मार्फत जस्मिन पेन्ट्सका उत्पादनहरू खरिद गर्ने ग्राहकहरूमध्ये 'लक्की ड्र' मार्फत प्रत्येक महिना एक सय १२ जनाले विभिन्न उपहारहरू प्राप्त गर्नेछन् ।
जस अन्तर्गत प्रत्येक महिना एक जनाले नगद एक लाख रुपैयाँ, एक जनाले स्मार्ट मोबाइल फोन, १० जनाले इलेक्ट्रिक राइस कुकर र एक सय जनाले आकर्षक भित्ते घडी प्राप्त गर्नेछन्।
यस उपहार योजनामा सहभागी हुनका लागि ग्राहकले अनिवार्य रूपमा जस्मिन पेन्ट्सका उत्पादनहरू खरिद गर्नुपर्ने छ । ७५ हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्मको खरिदमा एउटा कुपन, एक लाखदेखि एक लाख ५० हजार रुपैयाँसम्मको खरिदमा दुई वटा कुपन र एक लाख ५० हजार रुपैयाँदेखि माथिको खरिदमा तीन वटा कुपन ग्राहकहरूलाई प्रदान गरिने छ ।
सोही कुपनको अर्धकट्टीलाई 'लक्की ड्र’ मा समावेश गरिने छ। यसरी लक्की–ड्र मा समावेश गरिएका कुपनहरू बाटै प्रत्येक महिना एक सय १२ जना भाग्यशाली बिजेता बन्ने कम्पनीले बताएको छ । यो योजना भदौ १ गतेदेखि लागु भएको छ भने २०८० साउन मसान्तसम्म सञ्चालनमा आउने छ ।