कीवर्डहरू -

भदौ १९ गतेदेखि प्रोटोजोवा होस्टको तीनदिने ‘महामेला’, होस्टिङमा शत प्रतिशतसम्म छुट

भदौ १९ गतेदेखि प्रोटोजोवा होस्टको तीनदिने ‘महामेला’, होस्टिङमा शत प्रतिशतसम्म छुट

डोमेन तथा होस्टिङ सेवा प्रदान गर्दै आएको कम्पनी प्रोटोजोवा होस्ट ले ‘महामेला’ अफर ल्याएको छ । यो अफर भदौ १९ गतेदेखि २१ गतेसम्म सञ्चालन हुनेछ ।

अफर अन्तर्गत प्रोटोजोवाको होस्टिङ सेवामा शत प्रतिशतसम्म छुट पाइने पाइने छ । प्रविधिमा रूची राख्नेहरूलाई भरपर्दो र पहुँचयोग्य होस्टिङ सेवा प्रदान गर्न यो अफर ल्याएको प्रोटोजोवा होस्टका सीईओ दिपेन्द्र कँडेलले बताए ।

अफरले कलेजका विद्यार्थी, कर्पोरेट सबैलाई सहयोग पुर्‍याउने उनको भनाइ छ । यस अफरमा भदौ १९ गते पहिलो १० जनालाई होस्टिङमा शत प्रतिशत छुट मिल्नेछ ।

यो अफर दिउँसो १२ बजेदेखि सुरू हुनेछ । यसका लागि PROTODAY2022 प्रोमोकोड प्रयोग गर्नुपर्नेछ । त्यस्तै भदौ १९ गते PROTODAY1 प्रोमोकोड प्रयोग गरेर होस्टिङमा ९५ प्रतिशत छुटको सुविधा उपयोग गर्न सकिने छ ।

त्यसैगरी भदौ २० गते PROTODAY2 प्रोमोकोड प्रयोग गरेर ८० प्रतिशत र भदौ २१ गते PROTODAY3 प्रोमोकोड प्रयोग गरेर ७० प्रतिशत छुट पाउन सकिने कम्पनीले जनाएको छ ।

यी बाहेक पनि अन्य अफर ल्याउनेको कम्पनीले तयारी गरेको छ । यस अफरमा मिनि होस्टिङ, वर्डप्रेस होस्टिङ, पाइथन होस्टिङ, नोर्ड जेएस होस्टिङ र बिजनेस होस्टिङ लिन सकिने छ ।