कीवर्डहरू -

शनिबारदेखि सुरू भएको नेपाल युथ साइन्स समिट (फोटो फिचर)

शनिबारदेखि सुरू भएको नेपाल युथ साइन्स समिट (फोटो फिचर)

पाँचौ नेपाल युथ साइन्स समिट सुरू भएको छ । काठमाडौंको दरबार हाई स्कुलमा शनिबारदेखि सुरू भएको समिट आईतबारसम्म सञ्चालन हुनेछ ।

समिटमा विज्ञान र प्रविधिप्रति रूची राख्नेहरूको उत्साहजनक सहभागिता रहेको छ । कार्यक्रममा २६ टिम सहभागी भएका छन् ।

सहभागीले टिमले आफ्नो परियोजना बारे प्रिन्जेन्टेसन गर्नेछन् र उत्कृष्ट परियोजनालाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा समेत पठाइने छ । कार्यक्रममा ३ जना महिलाको पेपर प्रस्तुती समेत रहेको छ ।

समिटमा सहभागी २६ टिममध्ये उत्कृष्ट ३ टिमलाई योङ साइन्टिस्ट र एकजना महिलालाई वुमन अवार्ड समेत प्रदान गरिने छ । अवार्डको घोषणा आइतबार गरिने छ ।

विज्ञानमा रूची भएकाहरूको आईडिया र रिसर्चलाई प्रवर्द्धन गर्न र अन्तर्राष्ट्रियस्तरमा चिनाउन समिटले महत्वपूर्ण भूमिका खेल्ने आयोजकको भनाइ छ ।

फोटो फिचर

\"\" \"\" \"\"

\"\"

\"\"