कीवर्डहरू -

६०० बढी मनटेस्वरीले अब खल्तीबाटै नवीकरण शुल्क तथा कार्यक्रम शुल्क तिर्न सक्ने

६०० बढी मनटेस्वरीले अब खल्तीबाटै नवीकरण शुल्क तथा कार्यक्रम शुल्क तिर्न सक्ने

आफ्नो सेवालाई डिजिटलाइज्ड गरेर थप सरल बनाउने उद्देश्यका साथ एसोसिएसन अफ प्रि–स्कूल एजुकेटर्स नेपाल (अपेन) ले खल्तीसँग साझेदारी गरेको छ ।

यस साझेदारीसँगै अब अपेनसँग आबद्ध रहेका ६०० भन्दा बढी मनटेस्वरीहरुले नवीकरण शुल्क तथा कार्यक्रम शुल्क को सजिलै खल्ती मार्फत् भुक्तानी गर्न सक्नेछन् ।

साथै अपेनसँग जोडिन चाहने मनटेस्वरीहरुले पनि अपेनको रजिस्ट्रेशन शुल्क ‘खल्ती’ बाट भुक्तानी गर्न सक्नेछन् ।

यस सेवा बारे खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले अपेनसँग मिली डिजिटल शिक्षा प्रणालीमा पनि सेवा गर्न पाउनु महत्वपुर्ण अवसर भएको बताए ।

साझेदारीले परम्परागत शुल्क सङ्कलन प्रणालीलाई डिजिटलाइज्ड गर्दै शैक्षिक क्षेत्रको वित्तीय कारोबार अझै सरल र सुरक्षित बनाउने उनको भनाइ छ ।