कीवर्डहरू -

नेपालको पहिलो प्याकेजिङ्ग एक्स्पो - प्याकप्रोटेक २०१९

नेपालको पहिलो प्याकेजिङ्ग एक्स्पो - प्याकप्रोटेक २०१९

प्याकेजिङ्ग तथा खाद्य प्रशोधन उपकरण सम्बन्धि एक्स्पो “प्याकप्रोटेक २०१९”काठमाण्डौंमा आयोजना हुदैछ ।  त्रिभुवन विश्वविद्यालयको प्राङ्गणमा फाल्गुन २८,२९ र ३० मा हुन लागेको यो पहिलो एक्स्पो मेसे इन्डिया, इन्स्टिच्यूट अफ प्याकेजिङ्ग मेसिनरी म्यानुफ्याक्चरर्स अफ इन्डिया तथा ईआरएम कन्सेप्ट्सको संयुक्त आयोजनामा गर्न लागिएको हो ।

नेपालको खाद्य तथा एफएमसिजि बजार १७ % को द्रुत दरमा वृद्घि भइरहेको छ, जुन विश्वको औसत २ देखि ३५ आँकडा भन्दा धेरै गुणा ठूलो हो ।

नेपालमा चाउचाउ, कन्फेक्सनरी र चुरोटको बजार सबैभन्दा बढी वृद्घि हुने क्षेत्रमा पर्दछन् भने पेय पदार्थ २०५ र वस्तु उत्पादनको वृद्घि २५ % मा रहेको छ । यसै गरी प्लास्टीक उद्योग ११% को दरले वृद्घि भइरहेको छ ।

थोरै लगानी तथा कामको माग रहेको नेपाली बजारमा प्याकप्रोटेक २०१९ ले संसारमा प्रचलित विभिन्न प्याकेजिङ्ग तथा यसमा आएका प्रविधिहरुको प्रदर्शन गर्नेछ । यस एक्स्पोमा फ्लेक्जीबल प्याकेजिङ्ग सिस्टम, सेकेण्डरी प्याकेजिङ्ग, कार्टन र विभिन्न प्रकारका लेबलहरुको पनि प्रदर्शनी गरिने छ ।

एक्स्पोमा “प्याकेजिङ्ग इनोभेसन एण्ड सोल्युसन”भन्ने शीर्षकमा एकदिने सम्मेलन हुनेछ । फाल्गुन २९ मा हुने सम्मेलनमा प्याकेजिङ्गको महत्व र यसबाट व्यापारलाई हुने फाइदाका बारेमा जानकारी दिइनेछ । यो सम्मेलनले प्याकेजिङ्ग प्रविधिहरु नेपाली बजारमा बृहत रुपमा चिनाउनेछ र सहकार्यका अवसरहरु नेपाली व्यापारीहरुलाई दिनेछ ।


सम्मेलनका साथसाथै फाल्गुन २८ र ३० गते “पीच सेसन”हुनेछन् जसमा यस उद्योगका अनुभवि कम्पनी÷व्यक्तिद्वारा प्याकेजिङ्ग सम्बन्धि प्रस्तुती गरिनेछन् ।

करिब १०० वटा स्टल राखिने यस एक्स्पोमा प्याकेजिङ्ग, प्रिन्टिङ्ग, खाद्य प्रशोधनका उपकरण, एफएमसिजि, फार्मास्यूटीकल्स आदिसंग सम्बन्धित कम्पनी÷व्यक्तिहरुको उपस्थिती रहनेछ ।

प्याकप्रोटेक हालमा नेपालको एकमात्र प्याकेजिङ्ग इभेन्ट हो । कम्पनी तथा ब्राण्ड, खाद्य–प्रशोधनतथा पेय पदार्थ, फार्मास्यूटीकल्स उपकरण,तथा वस्तु उत्पादनसंग सम्बन्धित उद्योगमा संलग्न व्यक्तिहरुको सहभागिता यस एक्स्पोमा हुनेछ ।