कीवर्डहरू -

आईओईसँग सामसङको सम्झौता, अब नेपाली युवालाई एआई, बिग डाटा, प्रोग्रामिङ लगायतमा तालिम दिने 

आईओईसँग सामसङको सम्झौता, अब नेपाली युवालाई एआई, बिग डाटा, प्रोग्रामिङ लगायतमा तालिम दिने 

विश्वको अग्रणी उपभोक्ता इलेक्ट्रोनिक्स र स्मार्टफोन ब्राण्ड मध्येको एक सामसङले प्राविधिक सीपहरूमा तालिम दिन त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङ्सँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।

सामसङले सीएसआर योजना अन्तर्गत नेपाली युवाहरुलाई भविष्यमा आर्टिफिसियल इन्टेलिजेन्स, बिग डाटा, कोडिङ एण्ड प्रोग्रामिङ र इन्टरनेट अफ थिङ्स जस्ता प्राविधिक सीपहरूमा तालिम दिने जनाएको छ ।

नयाँ तालिम योजनाले नेपालमा बलियो प्रविधि र नवप्रवर्तन इकोसिस्टमको विकासमा योगदान पुर्‍याउने छ । सामसङ इनोभेसन क्याम्पस यसलाई हेरिएको छ ।

यसले युवाहरूलाई वास्तविक सीपहरू र मागअनुसारको प्राविधिक सीपहरू उपलब्ध गराउनेछ । उनीहरूको डिजिटल साक्षरता, सिकाउने क्षमता, रचनात्मकता र रोजगारीमा सुधार गर्नेछ ।

सामसङ इलेक्ट्रोनिक्सका एसडब्ल्युए क्षेत्रीय अध्यक्ष केन काङ र सामसङ इलेक्ट्रोनिक्स ग्लोबलका अध्यक्ष तथा प्रमुख वित्तीय अधिकारी एचके पार्कको उपस्थितिमा त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङका प्राध्यापक तथा डीन डा. शशिधर राम जोशीले समझदारीपत्र आदानप्रदान गरेका थिए ।

सामसङ इलेक्ट्रोनिक्सका एसडब्ल्युएका क्षेत्रीय अध्यक्ष केन काङले त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङ जस्तो प्रतिष्ठित संस्थासँग साझेदारी गर्न पाउँदा सम्मानित महशुस भएको बताए । सामसङ इनोभेसन क्याम्पसको यस योजनाबाट नेपाली युवाहरूलाई प्राविधिक सीपहरू दिने उनको भनाइ छ ।

साथै त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङका प्राध्यापक तथा डीन डा. शशिधर राम जोशीले सामसङ इनोभेसन क्याम्पस योजना अन्तर्गत आर्टिफिसियल इन्टेलिजेन्स, बिग डाटा, कोडिङ एण्ड प्रोग्रामिङ र इन्टरनेट अफ थिङ्स, इन्स्टिच्युट अफ इन्जिनियरिङमा पढाइने छ । पाठ्यक्रमहरूको लागि छनोट हुने हरूलाई एल्गोरिदम, डेटा संरचना र प्रोग्रामिङको ज्ञान हुनुपर्छ ।

२०१९ मा सुरु भएको सामसङ इनोभेसन क्याम्पस सामसङको ‘टूगेदर फर टुमोरो’ को विश्वव्यापी सीएसआर भिजनको एउटा हिस्सा हो । मानिसहरूलाई सक्षम बनाउँदै बेरोजगार युवाहरूलाई एआई र आईओटी जस्ता चौथो क्रान्तिको प्रमुख प्रविधिहरूमा अनुभव गर्न तालिम दिन्छ ।