कीवर्डहरू -

के हो \'एम–गर्भनेन्स\' ?

डिजिटल गभर्नेन्समा \'एम–गर्भनेन्स\' को प्रयोग र फाइदा

के हो \'एम–गर्भनेन्स\' ?

मदन कडरिया

\"मदन यदि तपाईं स्मार्ट फोन प्रयोगकर्ता हुनुहुन्छ भने नेपाल मै बनेका एप्लिकेसनहरु जस्तै,   इसेवा,  हाम्रो पात्रो, नेट टिभी, नेपाली टाइपिङ्,  खल्ती, फुडमाण्डु, सस्तो डिल आदी प्रयोग   गर्नुहुन्छ होला । यसबाट हामीले के बुझ्न सक्छौं भने नेपालमा पनि मोबाइल टेक्नोलोजी   तथा मोबाइल एप्लिकेसनहरुको सङख्या बढ्दै छ । पुरा विश्वको तुलनामा नगन्य   एप्लिकेसनहरु भएपनि प्रविधी बिकासमा हामी अग्रसर भइरहेको छ । यि त भए नेपालका   केही मोबाईल एप्लिकेसनहरु तथा नेपालमा मोबाईल टेक ।

WAN, ईन्टरनेट तथा मोबाइल कम्प्युटिङको प्रयोग गरी सरकारी एजेन्सिहरुले प्राइभेट तथा

पब्लिक सेक्टरको बिकास तथा सुविधा प्रदान गर्न गरिने टेक्नोलोजीलाई हामी इ–गोभन्र्मेन्ट भन्दछौ । त्यसैगरी एम–गर्भनेन्स भनेको मोबाइल तथा ताररहित प्रविधी जस्तै मोबाइल फोन्, ल्यापटप, PDA प्रयोग गरी सरकारी सुविधाहरु जनतालाइ “जहा“ पनि जहिले पनि“ उपलब्ध गराउने टेक्नोलोजी हो । m–गर्भनेन्स (एम गर्भमेन्ट) e–गर्भनेन्सलाइ विस्थापित गर्ने टेक्नोलोजी होइन ।

प्रोफेसर कुसचुका अनुसार m–गोभन्र्मेन्ट भनेको “एउटा यस्तो योजना तथा यसको प्रयोग हो जसले उपलब्ध सबै ताररहित तथा मोबाइल टेक्नोलोजी, सभिर्स, एप्लिकेसनहरु तथा डिभाइसहरुको प्रयोग गरी e–गोभन्र्मेन्टका ईकाइहरु जस्तै जनता, ब्यापार तथा सम्पूण सरकारी ईकाइहरुलाई फाईदा पुर्याउने काम गर्दछ“ । सरकार, जनता तथा ईन्डस्ट्रीहरुलाई पुग्ने फाईदाका आधारमा m–गर्भन्र्मेन्टका निम्न लिखित फाईदाहरु हुन सक्दछन ।


एम–गर्भनेन्स लागि ईन्टलिजेन्ट मोबाइल एप्लिकेसनहरुको आवश्यकता पर्दछ, जसले सरकारी नेटवर्क,स रकारी डाटा, यिनिहरुको प्रोसेस गर्ने तरिका, ट्रान्जेक्सन रेकडिङ सबै गर्नसक्नु पर्दछ । जापानका प्रोफेसर इब्राहिम कुसचु ( Ibhrahim Kushchu ) ले पहिलोपटक एम–गर्भनेन्सको बारेमा रिसर्च सुरु गरेका थिए । उनले भनेअनुसार एम–गर्भनेन्सको सिदान्त यसप्रकार छ :

जसरी e–बिजनेसहरु m–बिजनेस तिर लम्किरहेका छन त्यसैगरी धेरै भन्दा धेरै मोबाइल गोभन्र्मेन्ट एप्लिकेसनहरुको प्रयोग गरी e–गोभन्र्मेन्ट पनि m–गोभन्र्मेन्ट तिर लाग्नु पर्दछ“ ।


e–गोभन्र्मेन्ट सभिर्सहरु मोबाइल प्लेट्फर्ममा परिण्ँत गर्नु, कर्मचारीहरुलाइ मोबाइल टेक्नोलोजी तथा आवश्यक एप्लिकेसनहरुको व्यबस्था गर्नु, काम गर्ने स्मार्ट वाताबरण्ँ बनाउनु तथा जनतालाइ “जहा“ पनि, जहिले पनि“ सुविधा उपलब्ध गराउनु m–गभर्मेन्टका प्रमुख उदेश्यहरु हुन ।

\"\"

प्रोफेसर कुसचुका अनुसार m–गोभन्र्मेन्ट भनेको “एउटा यस्तो योजना तथा यसको प्रयोग हो जसले उपलब्ध सबै ताररहित तथा मोबाइल टेक्नोलोजी, सभिर्स, एप्लिकेसनहरु तथा डिभाइसहरुको प्रयोग गरी e–गोभन्र्मेन्टका ईकाइहरु जस्तै जनता, ब्यापार तथा सम्पूणर््ँ सरकारी ईकाइहरुलाई फाईदा पुर्याउने काम गर्दछ“ । सरकार, जनता तथा ईन्डस्ट्रीहरुलाई पुग्ने फाईदाका आधारमा m–गर्भन्र्मेन्टका निम्न लिखित फाईदाहरु हुन सक्दछन ।

ए मगर्भनेन्सका फाइदाहरु
–    पैसा र समयको बचत हुनु
–    सरकारी अर्गनाइजेसनहरुमा आधुनिकता भित्रीनु,
–    सजिलैस“ग बिना झन्झट मोवाइलबाटै काम गर्न सक्ने हुनु,
–    जनतामा घरमै बसी सरकारी सुविधा उपभोग गर्न पाउनु,
-     तार रहित इन्टरनेट, वाइफाइ र मोवाइल ब्रोडव्याण्डको सविधाले विश्वमा सहज पहुच बनाउन सक्नु
–     सरकारी कामकाजमा ट्रान्सपरेन्सी र एकान्टविलिटी कायम गर्न मद्धत गर्नु
-    भस्ट्राचार, ढिलासुस्ती तथा नाताबाद्, कृपाबादमा कमि आउनु
–    कार्य क्षमतामा बृद्धी हुनु आदी हुन सक्दछन

m–गोभन्र्मेन्ट हिजो आज आएको नया“ प्रयोग, कन्सेप्ट होइन । यो त सन २००३ तिरै आएको हो । मोबाइल फोनको प्रयोग गरी सेवा सुविधा दिन पहिले देखि नै थालिएको हो । प्राइभेट सेक्टरमा यसको प्रयोग अलि पहिलाबाट नै सुरु भएको हो । बैङकिङ , मिडिया, एयर्लाइन्स, टेलीकम, मनोरन्जन्, न्युज, खेल्कुद, ज्योतिस शास्त्र , फिल्म टिकेट, आदिमा एस एम एसको प्रयोग गरी धेरै पहिलाबाट प्राइभेट सेक्टरले सेवा सुविधा दिदै आएका छन ।

मोबाइल टेक्नोलोजीको धेरै बिकास नभएपनि मात्र एस एम एसको प्रयोग गरी m–गोभन्र्मेन्टको प्रयोग गर्न सकिन्छ । नेपालमा नै गर्न सकिने र भएका केही उदाहरण्ँ हरुमा टिभी हेर्न,  टिकट तथा रिचार्ज गर्न, सामान खरिद गर्न, परिक्षाको नतिजा हेर्न, समाचार र जानकारी लिन, मौसमको जानकारी लिन, कृषि क्षेत्रको  दरभाउ सम्वन्धी जानकारी दिनु, एयर टिकट बूक गर्न, बैंक ब्यालेन्स् तथा ट्रान्जेक्सन गर्न प्रयोग गरिरहेका छौ ।

यसैगरी मोबाइल रिचार्ज गर्न, ड्राइभिङ लाइसेन्स् बारे जानकारी पाउन, पासपोर्ट, लाइसेन्सको लागि निवेदन दिन, राशिफल थाहा पाउन, ट्याक्सको बारेमा थाहा पाउन, इन्सुरेन्सको बारेमा थाहा पाउन, सरकारी सुचनाहरु पाउन, ट्राफिक जामको बारेमा थाहा पाउन, मोबाइल पेमेन्ट गर्न, सरकारी फि तिर्न, स्कुल्–कलेजमा, एम्बुलेन्स तथा दमकलको प्रयोग गर्न तथा बारेमा थाहा पाउन, स्वास्थ्य क्षेत्र आदि पर्दछन ।

टर्की, चेक रिपब्लिक्, फिलिपिन्स, इन्डिया, साउथ अफ्रिका , इस्टोनिया, सिङगपुर्, दुबइ आदी m–गोभन्र्मेन्ट प्रयोगमा धेरै अगाडी रहेका देशहरु हुन । हाम्रो छिमेकी देश भारतमा m–गोभन्र्मेन्टका धेरै भन्दा धेरै एप्लिकेसनहरु तथा सेवा सुविधाहरु छन ।

भारतमा रेल टिकट बूक गर्न, खेतीमा लाग्ने रोगहरु, सिचाईको बारेमा, ट्राफिकको बारेमा (ट्राफिक नियम तोडेको, जाम्), रासन कार्ड, पानीको वितरण्ँ, फोहोर मैला व्यवस्थापना, मातृ शिशु स्वास्थ्य, कृषि, नतिजा, टेलिभिजन पोल्, नगरिक अधिकार जागरण्ँ, भोटिङको बारेमा, जन्म दर्ता, मृत्यु दर्ता, आदिमा बढी m–गोभन्र्मेन्ट प्रयोग भैरहेका छन ।