कीवर्डहरू -

अहिलेसम्मकै शक्तिशाली रकेट चन्द्रमामा पठाउँदै नासा, रच्ला त नयाँ इतिहास ? 

अहिलेसम्मकै शक्तिशाली रकेट चन्द्रमामा पठाउँदै नासा, रच्ला त नयाँ इतिहास ? 

अमेरिकी स्पेश एजेन्सी नासाले अहिलेसम्मकै शक्तिशाली रकेट चन्द्रमामा पठाउने भएको छ । नासाले फ्लोरिडाको क्यानेडी स्पेश सेन्टरबाट स्पेश लञ्च सिस्टम (एसएलएस) नामक रकेट चन्द्रमासम्म प्रक्षेपण गर्न लागेको हो ।

उक्त रकेट जीएमटी समय १२ बजेट ३३ मिनेटमा उक्त उड्नेछ । एसएलएस रकेट नासाले अहिलेसम्म विकास गरेको सबैभन्दा शक्तिशाली रकेट हो । नासाले यो मिसनको नाम आर्टमिस दिएको छ ।

अपोलो मिसनको करिब ५० वर्षपछि नासाले चन्द्रमामा रकेट पठाएर नयाँ इतिहास रच्न खोजेको छ । यो पहिलो परीक्षण उडानमा अन्तरिक्षयात्रीहरू हुने छैनन् ।

तर परीक्षण सफल भयो भने सन् २०२४ बाट अन्तरिक्षयात्रीहरू चन्द्रमामा लाने नासाको योजना छ । उक्त अन्तरिक्षयान चन्द्रमाको ठूलो कक्षमा परिक्रमा गर्दै ६ हप्तापछि प्रशान्त महासागरमा खस्नेछ।