कीवर्डहरू -

फोन पेबाट भुक्तानी गर्दा राणाले जिते १ तोला सुनको तिलहरी

फोन पेबाट भुक्तानी गर्दा राणाले जिते १ तोला सुनको तिलहरी

सेल्सबेरी डिपार्टमेन्टल स्टोरले चाडपर्वलाई लक्षित गरेर ल्याएको योजना अन्तर्गत रुवेश राणाले १ तोलाको सुनको तिलहरी जितेका छन् । सेल्सबेरीले भदौ १ देखि ३१ गतेसम्मका लागि ल्याएको योजना अन्तर्गत राणाले सुनको तिलहरी जितेका हुन् ।

कम्पनीले तीजलाई लक्षित गरेर ४ हप्ता ४ छड्के तिलहरी योजना सार्वजनिक गरेको थियो । खासगरी कम्पनीले सामान किनेबापत फोन पे मार्फत भुक्तानी गर्ने ग्राहकलाई लक्की ड्र मार्फत सुनको तिलहरी दिने योजना ल्याएको थियो ।

यही योजना अन्तर्गत राणाले पहिलो तिलहरी जितेका हुन् । अब सेल्सबेरीको योजनाअनुसार ३ हप्तामा ३ वटा सुनको तिलहरी जित्ने अवसर रहेको कम्पनीको भनाइ छ । राणाले सातदोबाटो स्टोरबाट किनमेल गरेपछि फोन पे मार्फत भुक्तानी गरेका थिए ।