कीवर्डहरू -

पाँचौं नेपाल युवा साइन्स समिट सम्पन्न

पाँचौं नेपाल युवा साइन्स समिट सम्पन्न

पाँचौं नेपाल युवा साइन्स समिट सम्पन्न भएको छ । शनिबार र आईतबार काठमाडौंको दरबार हाइविद्यालयमा आयोजना भएको उक्त समिट उत्साहजनक सहभागिताका साथ सम्पन्न भएको हो ।

कार्यक्रममा केएआईएसका वरिष्ठ वैज्ञानिक तथा निर्देशक डा. बसन्त गिरीले नेपालमा स्नातक तहका विद्यार्थीहरूका लागि अनुसन्धानको अवसर र सम्भावना बारे कि नोट दिएका थिए ।

विज्ञान र प्रविधिमा रूची भएकाहरूको आईडिया र रिसर्चलाई प्रवर्द्धन गर्न र अन्तर्राष्ट्रियस्तरमा चिनाउन समिट आयोजना गरेको समिटका संयोजक उदित कुमार महत्तोले बताए ।

२ दिनसम्म चलेको कार्यक्रममा प्यानल डिस्कसन र पोष्टर प्रिजेन्टेसन भएको थियो । डेटा साइन्स, स्टिम एजुकेसन र वेस्ट म्यानेजमेन्टको विषयमा प्यानल डिस्कसन भएको थियो ।

त्यस्तै देशका विभिन्न विद्यालय तथा कलेजबाट २६ टिम सहभागी भएका थिए । २६ टिमले समिटमा आफ्नो परियोजना बारे प्रस्तुती दिएका थिए । आफ्नो परियोजना बारे प्रस्तुती दिएपछि निर्णायकहरूले विद्यालय र हाई स्कुल र ब्याचलर्स तहबाट उत्कृष्ट टिम छनोट गरेका थिए ।

\"\"

विद्यालय तहबाट अक्सिडेन्टल पब्लिक स्कुलको म्यागनेट लिभिएटिङ ट्रेन्स परियोजना भएको छ । उक्त परियोजना बारे विद्यार्थी रौनक रेग्मीले आफ्नो प्रस्तुती दिएका थिए ।

त्यस्तै विद्यालय तहबाटै स्मार्ट डस्टबिन फर वेस्ट म्यानेजमेन्ट परियोजना पनि उत्कृष्ट हुन सफल भएको छ । यो पतियोजना बारे दरबार हाई स्कुलका सुबोध पाठक र राजेन्द्र उपाध्यले आफ्नो प्रस्तुती दिएका थिए ।

त्यसैगरी हाई स्कुलबाट डु इट योरसेल्फ आयोनाइजेसन चेम्बर र लेजर इन्टरफेरोमिटर सिस्मिक वेभ्स बेटेक्टर एलआईएसडी छनोट भएको छ ।

डुइट योरसेल्फ आयोनाइजेसन चेम्बर पोष्टर प्रस्तुती सीसीआरसी कलेजका आमोद पौडेल र योगेश बोगटीले गरेका थिए भने जर इन्टरफेरोमिटर सिस्मिक वेभ्स बेटेक्टर एलआईएसडी पोष्टर प्रस्तुती मकवानपुर मल्टिपल कलेजका अग्रराज गौतमले गरेका थिए ।

स्कुल र हाइ स्कुलबाट छनोट भएका विद्यार्थी तथा शिक्षक चीनमा हुने बेल्ट एण्ड रोड टिनएजर मेकर क्याम्प एण्ड टिचर वर्कशपमा सहभागी हुन पाउने छन् ।

स्नातक तहबाट कमर्सियलाइजेसन अफ अटोनोमस इगल आई युएभी पुलचोक कम्यापसका लक बाबु जैसवालको पोष्टर उत्कृष्ट हुन सफल भएको छ ।

पोष्टर प्रिजेन्टेसनको निर्णायकमा तारा चन्द यादव, सद्दम हुसेन, आस्था साक्याल, सौरभ, बिमान रिमाल र सौरभ जोशी रहेका थिए ।

\"\"

यसका साथै समिटमा एक जना महिलालाई वुमन एक्सिलेन्स अवार्ड प्रदान गरिएको छ । इन्स्टिच्युट अफ मेडिसनमा पढिरहेकी बिमा शर्मालाई १० हजार पुरस्कार राशिको उक्त अवार्ड प्रदान गरिएको हो ।

उनले ‘एन्टिमाइक्रोबाइल एक्टिभिटी अफ ट्राइकिसपर्मम एमी एक्सट्रयाक्ट एण्ड एसेन्सियल ओएल अगेनिष्ट क्लिनिकल आइसोलेट्स’विषयमा अनुसन्धान गरेकी छन् ।

अवार्डको निर्णायकमा काठमाडौं विश्वविद्यालयका सहायक प्रोफसर डा. भुपाल गोविन्द श्रेष्ठ र नप्लिज इन्स्टिच्युट अफ हेल्थ एण्ड साइन्सेसका सहायक प्रोफेसर डा. अन्जक खड्का रहेका थिए । कार्यकर्यक्रममा सहभागीलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।