कीवर्डहरू -

एसियामा इरानपछि सबैभन्दा सस्तो इन्टरनेट दिएको वर्ल्डलिंकको दाबी

एसियामा इरानपछि सबैभन्दा सस्तो इन्टरनेट दिएको वर्ल्डलिंकको दाबी

पर क्यापिटा इनकम अनुसार भने नेपालमा इन्टरनेट महँगो छ प्रतिव्यती आय नेपालमा कम भएकोले यसको आधारमा भने इन्टरनेट महँगो परेको स्वीकार गर्दै दिएको अन्य सेवा र सुबिधालाइ हेर्दा वर्ल्डलिंकले सस्तोमा गुणस्तरीय इन्टरनेट दिएको आइतबार होटेल हिमालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स प्रा . लि . ले नेपालमा एसियामा नै इरानपछि सबैभन्दा सस्तो इन्टरनेट दिएको दाबि गरेको छ एक अन्तरास्ट्रिय रिपोर्टका अनुसार नेपालमा इन्टरनेट सस्तो रहेको उल्लेख गरेको हो

पर क्यापिटा इनकम अनुसार भने नेपालमा इन्टरनेट महँगो छ प्रतिव्यती आय नेपालमा कम भएकोले यसको आधारमा भने इन्टरनेट महँगो परेको स्वीकार गर्दै दिएको अन्य सेवा र सुबिधालाइ हेर्दा वर्ल्डलिंकले सस्तोमा गुणस्तरीय इन्टरनेट दिएको आइतबार होटेल हिमालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो

प्रोडक्टमा निरन्तर परिमार्जन र सुधार गर्दै वर्ल्डलिंकले हाल रु १२५० मा नै गो एप , टाईम ब्याक , म्यानेज्ड वाईफाई , नेटटिभी र सेफनेट जस्ता इन्टरनेटको नयाँ स्ट्याण्डर्ड नामक प्रोडक्ट उपलब्ध गराउदै आएको कम्पनीका सीईओ केशव नेपालले बताए । अहिले उपभोक्ताको रोजाई हाइस्पिड इन्टरनेटमा रहेको र पहिले १ एमबिपीएसको मूल्यमा नै अहिले थप सुबिधा सहित २० एमबिपीएसको ब्याण्डविथ उपलब्ध गराएको संचालक विजय जलानले बताए

वर्ल्डलिंकले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरेर कम्पनीका हालसम्मका उपलब्धी र आगामी कार्ययोजनाका साथै पब्लिक वाईफाई प्रोजेक्ट , वायर म्यानेजमेण्ट प्रोजेक्ट , कर्णाली प्रोजेक्ट , इन्टरनेटसम्बन्धी संचालन गरिएका चेतनामूलक कार्यक्रम र हाल संचालनमा रहेका इन्टरनेटको नयाँ स्ट्याण्डर्ड नामक प्रोडक्टलगायतका विषयमा जानकारी गराएको हो

कार्यक्रममा वर्ल्डलिंकका अध्यक्ष दिलीप अग्रवाल , संचालक मनोज अग्रवाल , अर्का संचालक विजय जालन र सीईओ केशव नेपालको उपस्थिति रहेको थियो । वि . सं २०५२ सालमा स्थापना भएको वर्ल्डलिंकले हालसम्म देशका ७० वटा जिल्लामा आफ्नो सेवा विस्तार गरिसकेको छ ।

कम्पनीले पब्लिक वाईफाई प्रोजेक्ट अन्तर्गत निस्शूल्क रुपमा पशुपति विकार क्षेत्र , बौद्ध , शंख पार्क , बालाजु बाईसधारा , स्वयम्भु , बसन्तपुर , एयरपोर्ट तथा पोखरा र वीरगञ्ज महानगरपालिका कार्यालय लगायतका स्थानमा सेवा दिँदै आइरहेको र भविष्यमा अझ थप स्थानहरुमा सेवा दिँदै जाने नेपालले जानकारी दिए । कर्णाली प्रदेशको बिकट स्थानहरुमा समेत इन्टरनेट पुर्याइरहेको र आगामी दशैंसम्म सेवा दिने सिइओ केशब नेपालले जानकारी दिए

इन्टरनेटको प्रयोग सम्बन्धी जनचेतना जगाउने उद्देश्यले वर्ल्डलिंकले हालसम्म ३९ वटा विद्यालयका २ हजार ३८ विद्यार्थीहरुलाई यससम्बन्धी ज्ञान प्रदान गरिसकेको छ । कम्पनीले आगामी महिनाभित्रमा करिब १० वटा ग्रामीण क्षेत्रमा इन्टरनेट उपलब्ध गराउनुका साथै एक वर्षभित्रमा दश हजार सार्वजनिक स्थलहरुमा फ्रि हटस्पट सेवा उपलब्ध गराउने लगायतका थुप्रै लक्ष्य लिएको अध्यक्ष दिलीप अग्रवालले जानकारी दिए ।

कार्यक्रममा सीर्एओ नेपालले कम्पनीको सेवा सुविधा र आगामी योजना बारेमा जानकारी गराएका थिए । कार्यक्रममा उपस्थित विभिन्न वक्ताहरुले राखेका जिज्ञासाहरुका अध्यक्ष अग्रवाल , संचालकद्वय अग्रवाल र जालन र सीईओ नेपालले उत्तर दिएका थिए ।