कीवर्डहरू -

सानिमा बैंकको नयाँ अफर, मोबाइल बैंकिङबाट कारोबार गर्दा मोबाइल फोन जित्न सकिने

सानिमा बैंकको नयाँ अफर, मोबाइल बैंकिङबाट कारोबार गर्दा मोबाइल फोन जित्न सकिने

सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई मोबाइल बैंकिङ्ग प्रयोगमा प्रोत्साहन गर्न विशेष योजना सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत, सानिमा मोबाइल बैंकिङ्गबाट पहिलो पटक टप अप गर्ने ग्राहकहरुले १० प्रतिशत वा अधिकतम रु.१०० सम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

यसैगरी मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरु मध्ये सबै भन्दा बढी कारोबार गर्ने ३ जना ग्राहकहरुले मोबाइल फोन जित्न सक्नेछन् ।

मोबाइल बैंकिङ्ग एप मार्फत् फन्ड ट्रान्सफर, बिल भुक्तानी, क्युआर कोड बाट भुक्तानी, मोबाइल टपअप आदि गर्न सक्नेछन् ।  यो योजना भाद्र १३ देखि  मंसिर १३ गतेसम्म लागू हुने बैंकले जनाएको छ  ।