कीवर्डहरू -

खल्ती र क्युएफएक्स बिच सम्झौता, अब मुभी टिकेट काट्न सजिलो हुने

खल्ती र क्युएफएक्स बिच सम्झौता, अब मुभी टिकेट काट्न सजिलो हुने

क्युएफएक्स सिनेमाले खल्तीसँग एपको माध्यमबाट टिकेट खरिद गर्नका निम्ति सहकार्य गरेको छ । अब क्युएफएक्सका ग्राहकले क्युएफएक्सको एप र वेबसाईट मार्फत वा खल्ती एपको मार्फतले टिकट खरिद गर्न सक्ने भएका छन् । खल्तीका प्रयोगकर्ताले ५० सेकेण्डमै टिकट खरिद गर्न सक्नेछन् ।

यो सेवा खल्ती एपमा मात्रै उपलब्ध रहेको छ । यस सम्झौता अघि क्युएफएक्सका ग्राहकले क्युएफएक्सको एप र वेबसाईट मार्फतमात्रै टिकेट खरिद गर्न सक्दथे तर अब भने खल्ती मार्फत पनि यो सम्भव हुने भएको छ । खल्ती एपमार्फत टिकट खरिद गरेमा प्रयोगकर्ताले क्युएफएक्स लोयल्टी पोइन्ट र खल्ती पोइन्ट प्राप्त गर्नेछन् ।

खल्तीले आगामी तीन वर्षसम्म क्युएफएक्सको भुक्तानी पार्टनरको रुपमा काम गर्नेछ । खल्ती मार्फत टिकेट काट्ने सुविधा भाद्र १ बाटनै सुरु भएको थियो तर अब आधिकारिक रुपमा यसको घोषणा गरिएको हो ।

क्युएफएक्सको तर्फबाट टिमक्वेस्टकी महाप्रबन्धक प्रसम्सा पाण्डेले यस सहकार्यबाट दुवै पक्षको ग्राहकले लाभ लिन सक्ने आशा गरेकी छिन् । त्यस्तै खल्तीका सिईओ विनय खड्काले पनि यस सहकार्यले कम्पनीलाई आफ्नो लाइफस्टाईल ब्राण्ड बन्ने योजनामा थप सहयोग पुर्याउने बताएका छन् ।