बाइकमा मोबाइल स्ट्याण्ड राखे ट्राफिक प्रहरीले कारबाही गर्ने भएको छ । बाइकमा मोबाइल स्ट्याण्ड राख्दा दुर्घटना हुने ट्राफिक प्रहरीले अब बाइकबाट मोबाइल स्ट्याण्ड हटाउन लागेको हो ।
केही दिन अगाडि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले राइड शेयरिङ कम्पनी पठाओ नेपाललाई बाइकबाट मोबाइल स्ट्याण्ड हटाउन सूचना दिएको थियो ।
राइड शेयरिङ सेवा प्रदायकका राइडरहरूले सजिलैसँग गूगल म्याप प्रयोगका लागि बाइकमा मोबाइल स्ट्याण्ड राख्दै आएका छन् ।
तर नेपाल सरकारको प्रचलित कानुम बमोजिम निर्माण भैसकेको बाइकमा केही कुरा थप्नु वा हटाउनु बाइकको स्वरुप परिवर्तन (मोडिफिकेसन) कानुन विपरित भएको भन्दै ट्राफिकले प्रहरीले मोबाइल स्ट्याण्ड हटाउन थालेको हो ।
प्रहरीको आदेश बमोजिम पठाओले उक्त सूचना राइडर र फुडम्यानहरूलाई गत सोमबारदेखि जानकारी गराइरहेको पठाओ नेपालका प्रबन्ध निर्देशक असिममान सिँह बस्न्यातले बताए ।
तर कतिपय राइडर र फुडम्यान साथीहरूबाट मोबाइल स्ट्याण्ड नहुँदा गुगल म्याप प्रयोग गर्नमा कठिनाइ भएको भनी गुनासोहरु आएको उनको भनाइ छ ।
अग्रभागमा खटिएर काम गर्नेहरूको सुझाव र गुनासोलाई सम्बन्धित निकायमा पहल कदमी गर्ने प्रतिबद्धता पठाओले व्यक्त गरेको छ ।