कीवर्डहरू -

३२ इन्चमाथिका रंगीन टेलिभिजन आयात गर्न सकिने, महंगा फोन आयातमा प्रतिबन्ध कायमै

कालो बजारी बढ्नेमा बिक्रेता चिन्तित

३२ इन्चमाथिका रंगीन टेलिभिजन आयात गर्न सकिने, महंगा फोन आयातमा प्रतिबन्ध कायमै

सरकारले अब ३२ इन्चमाथिका रंगीन टेलिभिजन आयात खुला गरेको छ । ३२ इन्च माथिका रंगिन टेलिभिजनको आयात खुला गरेपछि ३०० डलर माथिका फोनमा प्रतिबन्ध भने कायमै रहेको छ ।

गत असार ३१ गतेदेखि राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले भदौ १४ गतेसम्मका लागि ३२ इन्च माथिका रंगिन टेलिभिजन र ३०० अमेरिकी डलर माथिका मोबाइलसहित १० प्रकारका सामान आयातमा रोक लगाएको थियो ।

त्यसपछि भदौ १५ गते राजपत्रमा सूचना प्रकाशित गर्दै ३२ इन्च माथिका रंगिन टेलिभिजन आयात खुलाए पनि ३०० अमेरिकी डलर माथिका मोबाइलको आयातमा प्रतिबन्ध कायमै राखेको छ । मोबाइल फोनमाथिको प्रतिबन्ध असोज २८ गतेसम्म लम्बिएको छ ।

यससँगै दशैंमा मिडरेञ्जका मोबाइल फोन आयात हुने छैनन् । त्यसो त सरकारले आयातमा प्रतिबन्ध लगाए पनि ३०० डलरमाथिका मोबाइल फोन बजारमा उपलब्ध रहेका छन् ।

विदेशी मुद्रा सञ्चिति घटेको भन्दै विलासी बस्तुको आयात रोक्न सरकारले विभिन्न शिर्षकका वस्तुमा लामो समयदेखि प्रतिबन्ध लगाउँदै आईरहेको छ ।

यसअघि पनि सरकारले वैशाख १३ गते राजपत्रमा सूचना प्रकाशित गर्दै असार मसान्तसम्मका लागि ६ सय डलरभन्दा महंगो फोनको आयातका लागि प्रतितपत्र नखोल्न बैंकहरुलाई निर्देशन जारी गरेको थियो ।

बजारमा अत्याधिक माग रहने मिडरेन्ज फोनकै आयातमा प्रतिबन्ध लगाएपछि फोनको कालोबजारी बढ्नेमा आधिकारिक विक्रेताहरु चिन्ता व्यक्त गर्न थालेका छन् ।