कीवर्डहरू -

शनिबार साइबर सक्युरिटी सम्बन्धि करियर काउन्सिलिङ हुँदै, यसरी हुनुहोस् सहभागी 

शनिबार साइबर सक्युरिटी सम्बन्धि करियर काउन्सिलिङ हुँदै, यसरी हुनुहोस् सहभागी 

शनिबार इथिकल ह्याकिङ तथा साइबर सक्युरिटी सम्बन्धि करियर काउन्सिलिङ सेसन हुने भएको छ । सफ्टवेरिका कलेज र टेक एण्ड ट्रेन्डीको सयुक्त सहकार्यमा साइबर सेक्युरिटी सम्बन्धि करियर परामर्श कार्यक्रम आयोजना हुने भएको हो ।

शनिबार बिहान १० बजेदेखि सफ्टवेरिका कलेज डिल्लीबजारको ब्लक ईमा उक्त करियर परामर्श सेसन आयोजना हुने जनाइएको छ ।

कार्यक्रममा प्यानल डिस्कसन समेत हुनेछ । उक्त सेसनमा कुमारी बैंकका एएमएल/सीएफटी म्यानेजर किरण कुमार, सेक्युरिटी इन्जिनियर सुयेश नेपाल, सिस्कोका राम सुन्दर साह, सफ्टवेरिका कलेजको इथिकल ह्याकिङ एण्ड साइबर सेक्युरिटी विभागका प्रमुख मनोज तामाङ, नबिल बैंकका आईएसओ प्रवेश पौडेल र एफवानसफ्ट ग्रुपको एसओसी विभाग प्रमुख असलाम अलीको उपस्थिति हुनेछ ।

सो कार्यक्रममा इथिकल ह्याकिङ र साइबर सेक्युरिटीमा के हो ? कसरी करियर बनाउने ? के के अवसर र सम्भावना छन् ? कसरी सिक्ने लगायतका विषयमा छलफल हुनेछ ।

कार्यक्रमका इथिकल ह्याकिङ र साइबर सेक्युरिटीमा रूची भएका विद्यार्थीहरू सहभागी हुन सक्ने छन् । यदी तपाई पनि सहभागी हुन चाहनुहुन्छ भने यहाँ क्लिक गरी रजिष्टर गर्नुहोस् ।