एक क्लिकमै लाखौँ अकाउन्ट ह्याक हुन सक्ने टिकटकको सुरक्षा कमजोरी समाधान भएको छ । माइक्रोसफ्टले गत फेब्रुअरीमा ह्याकरले एक क्लिकमै लाखौं अकाउन्ट ह्याक गर्न सक्ने कमजोरी पत्ता लगाएको थियो ।
त्यसपछि माइक्रोसफ्टले उक्त समस्याको जानकारी टिकटकलाई दिएको थियो । माइक्रोसफ्टले समयमै टिकटकलाई जानकारी दिएका कारण लाखौँ अकाउन्ट ह्याक हुनबाट जोगिएका छन् ।
उक्त सुरक्षा समस्यालाई माइक्रोसफ्ट र टिकटक दुबै मिलेर समाधान गरेका हुन् । फ्रेबुअरीमै समस्या पत्ता लगाएपनि माइक्रोसफ्टको ३६५ डिफेन्डर रिसर्च टिमले बुधबार मात्रै यस बारे जानकारी दिएको हो ।
एन्ड्रोइडमा एप निर्माताहरुले एपले कुनै पनि यूआरएललाई कुरी व्यवस्थित गर्ने भनेर प्रोग्राम गर्न सक्छन् । तर टिकटकमा यो प्रोगाम नचलिरहेको माइक्रोसफ्टले फेला पारेको थियो । यसले गर्दा कसैको अकाउन्टमा गएर भिडियो पोस्ट गर्ने र मेसेज गर्न सकिने पाइएको थियो ।
टिकटकको १.५ बिलियन डाउनलोड रहेको छ । यदि यो समस्या ह्याकरहरुले प्रयोग गरेको भए धेरै जनाको डेटा समस्यामा पर्न सक्ने अवस्था थियो ।
माइक्रोसफ्टले टिकटक प्रयोगकर्तालाई एपको पुरानो भर्सन अनइन्स्टल गरेर नयाँ भर्सन सकेसम्म चाँडो इन्स्टल गर्न सुझाव दिएको छ ।