कीवर्डहरू -

अब अनलाइनबाटै ग्लोबल आइएमई बैंकमा एलसी तथा बैंक ग्यारेन्टी

अब अनलाइनबाटै ग्लोबल आइएमई बैंकमा एलसी तथा बैंक ग्यारेन्टी

ग्लोबल आइएमई बैंक लिमिटेडले अनलाइन मार्फत प्रतीतपत्र (एलसी) तथा बैंक ग्यारेन्टी जारी गर्ने सेवाको सुरुवात गरेको छ ।

यो सेवाको सुरुवातसँगै ग्राहकहरूले अनलाइन मार्फत आवेदन फाराम भर्ने, आवेदनको प्रगति निगरानी गर्नेे आदि सबै प्रक्रियागत काम एउटै पोर्टलको प्रयोग गरी सहुलियत अनुसार आफ्नै कार्यालय वा घरमै बसेर सजिलै गर्न सक्ने छन् ।

यसले गर्दा ग्राहकहरू प्रतीतपत्र (एलसी) वा बैंक ग्यारेन्टी बनाउनु परेमा बैंकमै धाउनुपर्ने झन्झटबाट मुक्त हुनेछन् । साथै यस प्रक्रियाबाट उल्लेखित रूपमै ग्राहक तथा बैंक दुवैको समय, स्रोत र साधन बचत हुने विश्वास लिइएको छ ।

यो प्रणाली २०७९ भदौ महिनाबाट लागू भएको छ । यससम्बन्धी कुनै समस्या परेमा ग्राहकहरूले बैंकको केन्द्रीय ट्रेड सञ्चालन विभाग, ट्रेड प्रवर्द्धन विभाग, डिजिटल बैंकिङ विभाग वा सम्बन्धित शाखामा सम्पर्क गरी थप जानकारी लिन सक्नेछन् ।