कीवर्डहरू -

लोकप्रिय अपरेटिङ सिस्टम विन्डोज १० का प्रयोगकर्ताको संख्या ८० करोड

लोकप्रिय अपरेटिङ सिस्टम विन्डोज १० का प्रयोगकर्ताको संख्या ८० करोड

काठमाडौं। सन २०१५ को जुलाईमा सार्वजनिक भएको माइक्रोसफ्टको  लोकप्रिय अपरेटिङ सिस्टम विन्डोज १० का प्रयोगकर्ताको संख्या ८० करोड नाघेको छ। माइक्रोसफट्का अनुसार विन्डोज अपरेटिङ सिस्टम अहिले विश्वभरका ८० करोडभन्दा धेरै  डिभाइसमा प्रयोग भैरहेको छ।

माइक्रोसफ्टले आफ्नो अपरेटिङ सिस्टम विन्डोज १० चलाउनेको संख्या १ अर्ब पुर्‍याउने लक्ष्यको नजिक पुगेको छ।माइक्रोसफ्टले विन्डोज ७ फेजआउट गर्ने मिति नजिकिदै गर्दा अबका दिनमा विन्डोज १० यूजरको संख्यामा झनै वृद्धि हुने अनुमान गरिएको छ।

गत जनवरीमा विन्डोज ७ को बजार हिस्सा ३६.०९ प्रतिशत रहेको थियो। विश्वमा सर्वाधिक मनपराईएको डेस्कटप अपरेटिङ सिस्टम विन्डोज १० को २०१९ भित्रमा प्रयोगकर्ताको संख्या १ अर्ब माथि हुने अनुमान गरिएको छ।