कीवर्डहरू -

कुमारी बैंकलाई एक्सिलेन्स इन ई–कमर्स बिजनेस अवार्ड

कुमारी बैंकलाई एक्सिलेन्स इन ई–कमर्स बिजनेस अवार्ड

भिसा इन्टरनेसनलले कुमारी बैंक लिमिटेडलाई एक्सिलेन्स इन ई–कमर्स बिजनेस अवार्डले सम्मानित गरेको छ ।

यो अवार्ड कुमारी बैंकलाई उत्पादन र कार्ड भुक्तानी उद्योगमा उच्चतम ई–कमर्स व्यवसायको मात्रा हासिल गरेको भन्दै भिसाले प्रदान गरेको हो ।

भिसाद्वारा आयोजित ‘भिसा लिडरसिप कन्क्लेभ–पेमेन्ट्स इनोभेसन फर डिजिटल नेपाल’ कार्यक्रममा बैंकले उक्त अवार्ड पाएको छ ।

आफ्नो स्थापनाकाल देखि नै बैंकिङ सेवा सुविधामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसाथ गर्दै अघि बढेको र आगामी दिनहरूमा पनि आफ्ना सेवाहरूको प्रभावकारिता तथा पहुँच वृद्धिका निमित्त आफ्नो डिजिटल सामर्थ्य सुदृढीकरणमा दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धता कुमारी बैंकले जनाएको छ ।