कीवर्डहरू -

डेटा साइन्स र डेटा इन्जिनियरिङमा एकदमै धेरै स्कोप छः ढुंगेल  

डेटा साइन्स र डेटा इन्जिनियरिङमा एकदमै धेरै स्कोप छः ढुंगेल  

मार्केटिङ इन्टेलिजेन्स कम्पनी ग्रोबाई डेटाका संस्थापक प्रशन्न ढुंगेलले  डेटा साइन्स र डेटा इन्जिनियरिङमा एकदमै धेरै स्कोप रहेको बताएका छन् । आइसिटी समाचारसँग कुरा गर्दै ढुंगेलले डेटामा एकदमै धेरै अवसर रहेको बताएका हुन् ।

डेटा भनेको २१ औं शताब्दीको खनिज तेल हो । नेपालसहित विश्वभर डेटा साइन्टिस्ट, इन्जिनियर र एनालिटिक्सको माग बढ्दै गएको छ । भविष्यमा अझै माग बढ्ने निश्चित छ ।

नेपाल र विदेशमा समेत डेटा साइन्स माग एकदमै राम्रो भएको उनी बताउँछन् । उनका अनुसार डेटाले जनतालाई खुसी बनाउछ र सुरक्षामा सहयोग गर्छ ।

डेटाको प्रयोग गरेर हुन सक्ने दुर्घटनालाई कम गर्न सकिन्छ । डेटालाई विश्वलेषन गरेर हुन सक्ने सम्भावित घटनालाई रोक्न पूर्व तयारी गर्न सकिन्छ । योजना निर्माण गर्न र दिगो पूर्वाधार बनाउन डेटाको प्रयोग गर्न सकिन्छ ।

डेटा साइन्सका लागि क्लाउड कम्प्युटिङ, तथ्यांक, मनोविज्ञान लगायतको ज्ञान आवश्यक पर्छ । नेपालमा डेटामा काम गर्ने जनशक्ति कम भएको ढुंगेलको बुझाइ छ । सरकार नै डेटाको ठूलो उत्पादक भएको भन्दै उनले डेटालाई फाइलमा मात्रै नराखेर त्यसलाई विश्लेषण गरी प्रयोग ल्याउनु पर्ने बताए ।

भ्रमण वर्ष जस्तै नेपाललाई डेटा ड्रिभन राष्ट्रको रूपमा समेत अगाडि बढाउने सपना देख्नुपर्ने ढुंगेल बताउँछन् ।  ग्रोबाई डेटा सन् २००८ मा स्थापना भएको कम्पनी हो ।

कम्पनीको कार्यालय नेपाल र अमेरिकामा  रहेको छ । यसले विश्वका ठूला ठूला ब्राण्डलाई डेटाको प्रयोग गरेर मार्केटिङ इन्टेलिजेन्स सुविधा प्रदान गर्दै आएको छ ।