कीवर्डहरू -

सिद्धार्थ बैंक एक्सिलेन्स इन प्रिपेड कार्ड बिजनेस अवार्डबाट सम्मानित

सिद्धार्थ बैंक एक्सिलेन्स इन प्रिपेड कार्ड बिजनेस अवार्डबाट सम्मानित

सिद्धार्थ बैंक लिमिटेड एक्सिलेन्स इन प्रिपेड कार्ड बिजनेस २०२२ अवार्डबाट सम्मानित भएको छ । भिसाद्वारा आयोजित ‘भिसा लिडरसिप कन्क्लेभ–पेमेन्ट्स इनोभेसन फर डिजिटल नेपाल’ कार्यक्रममा बैंकले उक्त अवार्ड प्राप्त गरेको हो ।

भिसाअन्तर्गत रहेका नेपालका बैंकहरु मध्ये प्रिपेड कार्ड व्यवसायमा उत्कृष्ट अभिवृद्धि र उपलब्धि हासिल गरेको आधारमा बैंकले उक्त अवार्ड प्राप्त गर्न सफल भएको हो ।

सिद्धार्थ बैंकलाई यस अघि पनि भिसाले ग्राहकको आवश्यकता अनुसार नयाँ आइडियालाई अवलम्बन गरी कार्ड सेवालाई अझ प्रभावकारी बनाएको आधारमा एक्सिलेन्स इन ड्राइभिङ इनोभेसन अवार्डबाट सम्मानित गरेको थियो ।