कीवर्डहरू -

कनेक्ट आईपीएसको ‘ट्वीस्ट अफ टु’ अफर, मोबाइल बैंकिङबाट फण्ड ट्रान्सफर गर्दा क्यासब्याक

कनेक्ट आईपीएसको ‘ट्वीस्ट अफ टु’ अफर,  मोबाइल बैंकिङबाट फण्ड ट्रान्सफर गर्दा क्यासब्याक

नेपाल क्लियरिङ हाउसले आफ्ना सदस्य बैंक तथा वित्तीय संस्थाहरुसँगको सहकार्यमा मोबाइल बैंकिङबाट गरिने फण्ड ट्रान्सफरमा ‘ट्वीस्ट अफ टु’ अफर सार्वजनिक गरेको छ ।

सो अफर अन्तर्गत हरेक हप्ता मोवाइल बैकिङको प्लेटफर्मबाट कम्तीमा दुईवटा फण्ड ट्रान्सफर गर्ने मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुमध्ये १०२ जनाले रु. १०२ क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

सो अफर भाद्र १९ गतेदेखि असोज २९ गतेसम्म लागु हुनेछ । आईतबारदेखि शनिबारसम्मको समयावधिमा लकी ड्र मार्फत साप्ताहिक विजेताहरु पनि छानिने छन् ।