कीवर्डहरू -

सफ्टवेरिकाको करियर काउन्सिलिङ र ‘क्याप्चर द फ्लाग’ कार्यक्रम सम्पन्न

सफ्टवेरिकाको करियर काउन्सिलिङ र ‘क्याप्चर द फ्लाग’ कार्यक्रम सम्पन्न

सफ्टवेरिका कलेज अफ आइटि एण्ड कमर्स कलेजले 'करियर काउन्सिलिङ फर इथिक्स ह्याकिङ एण्ड साइबर सेक्युरिटी' तथा 'क्याप्चर द फ्लाग' कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमको पहिलो सेसनमा प्यानलिस्टका रूपमा कुमारी बैंकका एयमयल म्यानेजर किरण कुमार, नबिल बैंकका आइएसओ प्रवेश पाैडेल, ई-सेवाका हेड अफ एसओसी अस्लम अली, सफ्टवेरिका कलेज अफ आइटि एण्ड कमर्स कलेजका इथिकल ह्याकिङ हेड अफ द डिपार्टका मनोज तामाङ र सिआइएसएका सेक्युरिटी इन्जिनियर थ्रेड सुयास नेपाल रहेका थिए ।

कलेजका प्रमुख प्रमोद पौडेलले टेक्नोलोजीको क्षेत्रमा सफ्टवेरिका कलेजले विगत १२ वर्षदेखि काम गर्दै आइरहेको र अझै धेरै गर्नुपर्ने कामहरू रहेकाे बताए ।

साथै छिट्टै नयाँ कोर्षहरू सञ्चालन गर्दै टेक्नोलोजीलाई आफुहरू सँगसँगै अपडेट गराई अगाडि बढ्न आवश्यक रहेको उनले जानकारी दिए ।

\"\"

'डाटा साइन्समा एमयससी तहकाे र कम्प्युटेसनल इन्टेलिजेन्स सम्बन्धि पठनपाठन सुरु गर्ने तयारीमा छाैँ । सम्भवत छिट्टै सञ्चालनमा आउनेछ,'  उनले भने ।

यस्तै, कार्यक्रमको दोस्रो सेसन 'च्याप्टर द फ्याग' प्रतियाेगितामा १६ वटा टिमहरू सहभागी रहेका थिए । जसमा १२ वटा काठमाडौं भित्रका विभिन्न कलेजहरूका विद्यार्थीहरूको सहभागीता रहेको थियो । साथै पोखराबाट एक वटा टिम र तीन वटा सफ्टवेरिका कलेजका टिमहरू सहभागी भएको कलेज प्रमुख प्रमोद पौडेलले जानकारी दिए ।

उक्त प्रतिस्पर्धामा सफ्टवेरिका कलेजका टिम 'भगवान' प्रथम भयो भने उनीहरूलाई पुरस्कार राशि वापत २५ हजार सहित प्रमाणपत्र वितरण गरिएको पौडेलले बताए ।

\"\"

सफ्टवेरिका कलेज विगत २०१० देखि आइटि तथा टेक्नोलोजीको क्षेत्रमा छुट्टै पहिचान बनाउदैँ आइरहेको छ । जसले काेभेन्ट्री  विश्वविद्यालयको स्वामित्व प्राप्त गरी हाल १५ सय विद्यार्थीहरूलाई यस अन्तर्गतको शिक्षा दिँदै आइरहेको छ ।

बेलायतकाे काेभेन्ट्री विश्वविद्यालयसँगको डिग्री सहकार्यमा नेपालमा बिएससी अनर्स कम्युटिङ, बिएससी अनर्स इथिकल ह्याकिङ एण्ड साइवर सेक्युरिटी तथा एमएससी इन डेटा साइन्स एण्ड कम्पोटिस्नल इन्टेलिजेन्ट कोर्षहरू सञ्चालन गर्दै आइरहेको छ ।