कीवर्डहरू -

सामसङको ए सिरिजको सस्तो फोन नेपाली बजारमा उपलब्ध, कति छ मूल्य ?

सामसङको ए सिरिजको सस्तो फोन नेपाली बजारमा उपलब्ध, कति छ मूल्य ?

सामसङले लामो समयदेखि प्रतिक्षित फोन ग्यालेक्सी ए १३ नेपालमा सार्वजनिक गरेको छ। यो फोन उच्च गुणस्तर र अत्याधुनिक प्रविधिको दायरामा बनेको कम्पनीको दावी छ ।

यो सामसङको ए सिरिज पोर्टफोलियोमा सबैभन्दा सस्तो फोन हो। क्वाड क्यामेरा सेटअप, लामो समयसम्म चल्ने ब्याट्री, ठूलो स्क्रिन र विस्तारित स्टोरेजको लागि स्पेस यसका विशेषता हुन् ।

आफ्नो फोन प्रयोग गरेर गुणस्तरीय कन्टेन्ट उत्पादन गर्न खोज्नेका लागि यो एक उत्तम कम्बो भएको सामसङको भनाइ छ । सामसङ ए १३ मा ५० मेगापिक्सेलको मुख्य क्यामेरा रहेको छ । त्यस्तै ५ मेगापिक्सेल अल्ट्रा वाईड र २ मेगापिक्सेल डेप्थ र म्याक्रो सेन्टर राखिएको छ ।

सेल्फीका लागि ८ मेगापिक्सेलको क्यामेरा दिइएको छ । ५ हजार ब्याट्री रहेको फोनमा १५ वाटको फास्ट चार\\जिङ उपलब्ध छ । ए १३ ले सामान्यतया प्रयोग गर्दा दुई दिनसम्म ब्याट्री ब्याकअप प्रदान गर्ने सामसङले जनाएको छ ।

यसमा मेमोरी कार्ड स्लट समेत राखिएको छ, जसलाई १ टिबीसम्म विस्तार गर्न सकिने छ । सुरक्षाको लागि सामसङले फोनमा नक्स सेक्युरिटी प्रयोग गरेको छ ।

आवश्यक पर्दा फोनको र्‍याम ६ जीबीसम्म बढाउन सकिने कम्पनीको भनाइ छ । सामसङ ए १३ को मूल्य २१ हजार ४९९ रूपैयाँ तोकिएको छ ।