एप्पलले आईफोन १४ का केही मोडेलहरुबाट सिम कार्ड स्लट हटाउने योजना बनाएको छ । यो योजना कार्यान्वयन भएमा आगामी वर्षसम्मको केही आईफोन १४ मोडेलहरुमा सिम कार्ड स्लट हुने छैन् ।
एप्पलले केही समयदेखि ईसिममा काम गर्न खोजिरहेको छ र यही कारणलेनै एप्पलले आईफोन १४ का केही मोडेलहरुबाट सिम कार्ड स्लट हटाउने योजना बनाएको हो । यो परिवर्तन आईफोन १४ मा नभएमा आईफोन १५ मा हुने निश्चित रहेको छ ।
कम्पनीले फोनमै एकीकृत हुने किसिमको डिजिटल अर्थात ई-सिम कार्डलाई प्रवर्द्धन गर्न खोजिरहेको छ । ई–सिम भनेको एक ईम्बेड गरिएको सिम कार्ड हो ।
यो भौतिक सिम कार्डहरुको सट्टामा निकालिएको सिम कार्ड हो, जसले फोनहरुलाई मोबाइल नेटवर्कसँग कनेक्ट गर्ने गर्दछ । इसिम भौतिक सिम कार्ड भन्दा धेरै सानो हुने गर्दछ ।
ई–सिम र भौतिक सिम कार्डको सबैभन्दा ठूलो फरक भनेको त्यो कहाँ राखिएको छ भन्ने हो । ई–सिमलाई मदरबोर्डसँगै जोडिएको हुन्छ ।
यसलाई तपाई न राख्न सक्नुहुन्छ, न हटाउन नै । तर यसमा नम्बर परिवर्तन गर्न सकिन्छ र कुन भिाइसमा राख्ने भनेर पनि परिवर्तन गर्न सकिन्छ ।
यसलाई स्वीच गर्न र सेट गर्न अझैसहज रहेको छ । फोनकलकै माध्यमले तपाईले ई–सिम पाउन सक्नुहुन्छ र आफ्नो हातमा सिम कार्ड कहिले प्राप्त हुन्छ भनेर पर्खेर पनि बस्नुपर्दैन् । ई–सिम पनि अरु सिमकै प्रविधिमा चल्ने गर्दछ र अरु सिम जसरीनै जिएसएम नेटवर्क प्रयोग गर्ने गर्दछ ।