कीवर्डहरू -

नोकिया ८ – फोब्र्स स्मार्टफोन अफ द ईयर २०१७

नोकिया ८ – फोब्र्स स्मार्टफोन अफ द ईयर २०१७

नोकिया ८ लाई फोब्र्सले “स्मार्टफोन अफ द ईयर २०१७” घोषित गरिएको छ । थुप्रै स्मार्टफोनहरु मध्ये नोकिया ८ साथै आईफोन x , सामसङ्ग ग्यालेक्सी S 8 Edge+ र पिक्सल 2 XL पनि २०१७ को स्मार्टफोन अफ द ईयरमा नाम सुचिकृत भएको छ ।


वर्ष २०१७ मा एच्.एम.डी ग्लोबलले नोकियासँग मिलेर नोकियाको पहिलो एण्ड्रोइड – पावर स्मार्टफोनको परिचय बजारमा गराएका हुन् । नोकियाको नयाँ हान्डसेट नोकिया ८ हाई–इन्ड एण्ड्रोइड स्मार्टफोनमा गनिन्छ । स्मार्टफोन अफ द ईयर २०१७ को लागि फोनको डिजाइन र फङ्सन मात्र नहेरी फोनले बजारमा ल्याएको चहलपहल र फोनमा उपलब्ध गराईएको नयाँ सुविधाहरुलाई पनि मुल्याङ्कन गरिएको हो  ।


हाई–इन्ड स्मार्टफोनहरुको बजारमा धेरै होडबाजीे चलेको छ । २०१७ मा आईफोन ह्, र क्ड पिक्सल द्द जस्ता नयाँ स्मार्टफोनहरुले ग्राहकहरुको ध्यान तानेका थियो । एच्.एम.डी ग्लोबलले नोकियाको पहिलो एण्ड्रोइड –पावर स्मार्टफोन निकाली नोकिया ६ बाट ग्राहकहरुलाई आकर्षित गराएका थिए । जब नोकिया ८ बजारमा आए ग्राहकहरु नोकिया प्रति अझै प्रभावित हुन पुगे । नोकिया ८ को विशेषताहरु हेर्दा यसमा धेरै अनुसन्धान र मेहिनेत लागेको देखिन्छ ।


नोकिया ८ ले ल्याएको “बोथि” अर्थात दुई तर्फी लाईभ भिडियो स्ट्रिमिङ्गको विशेषताले नै नोकिया ८ लाई एक उत्कृष्ट स्मार्टफोनको चिनारी दिएको छ  । अन्य विशेषता मध्ये यसमा रहेको क्वालकमको स्नापड्रागन ८३५ र एण्ड्रोइड ओरियो अपडेटले पनि यसको उत्कृष्टता बढाएको छ । नोकिया ओजेड्ओ स्पासियल ३६० डिग्री अडियो भएको पहिलो स्मार्टफोन पनि नोकिया ८ हो । फोनमा प्रशस्त स्ट्रोरेज भएकाले आफ्नो फोटोहरु गुगल फोटोमा राख्न सकिन्छ ।

\"\"
नोकिया ८ मा पाईने डबल – लेन्स क्यामेरा (जाईसिस् अप्टिक्स) को साथ खिचिने तस्बिर , क्वालकमको क्विक चार्जले हुने छिटो चार्जिङको व्यवस्था , एण्ड्रोइड ओरियो भएकाले फोनमा निरन्तर हुने अपडेट र साथै नोकिया ८ को ग्क्द्य( ऋ द्धारा हुने सजिलो कनेक्टिभिटिका कारण यो स्मार्टफोनलाई फोब्र्सले स्मार्टफोन अफ द ईयर २०१७ नाम दिएका हुन् । एच्.एम.डी ग्लोबल र नोकियाले राम्रो र भरपर्दो स्मार्टफोन बनाउँदै ग्राहकहरुको रुचि र सम्मान पाएका छन् ।


अन्य स्मार्टफोनहरु मध्ये नोकिया ८ लाई स्मार्टफोन अफ द ईयर २०१७ घोषणा गरिएको नोकियाको लागि गर्वको कुरा हो । डिजाइन र फङसनमा मात्रै नहेरी नोकियाको पुरै फ्लागसिप  मार्केटमा ल्याएको प्रतिस्पर्दाद्धारा नोकिया ८ लार्ई स्मार्टफोन अफ द ईयर २०१७ घोषित गरिएको हो ।