कीवर्डहरू -

बजाजको नयाँ अफर, बाइक किन्दा स्मार्ट टिभी वा स्मार्टफोन जित्ने मौका

बजाजको नयाँ अफर, बाइक किन्दा स्मार्ट टिभी वा स्मार्टफोन जित्ने मौका

बजाज थ्री ह्वीलर्सको  वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले दशैं, तिहार र छठलक्षित अफर सार्वजनिक गरेको छ । कम्पनीले ‘यसपालीको चाड, उपहार सँगै स्वरोजगार’ अफर ल्याएको छ ।

बजाज इन्ट्रासिटीले स्वरोजगार बन्न प्रोत्साहित गर्नका लागि सुरु गरेको अभियानमा बाजाज म्याक्सिमा सी वा बाजाज आरई बीएस ६ को  खरिदमा ३२ इन्चको हिमस्टार एलईडी स्मार्ट टिभी वा सामसुङ एफ २२ स्मार्ट फोन जित्न सक्नेछन् ।

हंसराज हुलासचन्द एण्ड कम्पनी निर्देशक अभिमन्यु गोल्छाले उत्कृष्ट उत्पादनहरूका साथै चाडवाडको रमाइलो अवसरमा रमाइला अफरहरू ग्राहकहरूलाई प्रदान गर्ने लक्ष्य रहेको बताए ।