कीवर्डहरू -

डिजिटल उपभोक्ता अधिकारबारे सचेतना कार्यक्रम

डिजिटल उपभोक्ता अधिकारबारे सचेतना कार्यक्रम

सेवा नेपालले सिएसआइटी एशोसिएसन अफ नेपालको सहकार्यमा आज डिजिटल उपभोक्ता अधिकारसम्बन्धी एक सचेतना कार्यक्रम गरेको छ ।

बानेश्वरको हुलास एजुकेशन सेन्टर (नियोस्पेयर) मा भएको सो कार्यक्रममा डिजिटल उपभोक्तासम्बन्धी कार्यपत्र प्रस्तुत हुनुका साथै विभिन्न वक्ताले बोलेका थिए ।

सो अवसरमा आयोजना गरिएको प्यानल डिस्कसनमा नेपाल दूरसञ्चार प्राधिकरणका निमित्त अध्यक्ष पुरुषोत्तम खनाल, इन्टरनेट सोसाइटी नेपालका अध्यक्ष सन्ताेष सिग्देल, क्यान महासंघकी उपाध्यक्ष सुनैना पाण्डे घिमिरे सहभागी थिए ।

प्यानल डिस्कसनको मोडेरेटरमा हेमपाल श्रेष्ठ रहेका थिए ।

सेवा नेपालले नेपालमा डिजिटल उपभोक्ता अधिकारसम्बन्धी कार्यक्रम गर्दै आएको छ ।