कीवर्डहरू -

डिभाइसमा मालवेयर पठाउन जेम्स वेब टेलिस्कोपले खिचेका तस्वीर प्रयोग हुँदै

डिभाइसमा मालवेयर पठाउन जेम्स वेब टेलिस्कोपले खिचेका तस्वीर प्रयोग हुँदै

डिभाइसहरुमा मालवेयर पठाउन जेम्स वेब टेलिस्कोपले खिचेका तस्वीर प्रयोग भइरहेको पाइएको छ । हालैमा जेम्स वेब टेलिस्कोपले अन्तरिक्षको विभिन्न आकर्षक तस्बीरहरु खिचेर पठाएको थियो ।

टेलिस्कोपले खिचेर पठाएका तस्बीरलाई अहिले ह्याकरहरले प्रयोग गरेर अरूको डिभाइसमा मालवेयर पठाईरहेका छन् ।

फोटोमा अन्तरिक्षमा रहेको विभिन्न ग्यालेक्सीहरुको क्लस्टर देखिन सकिन्छ । ह्याकरले यस फोटोबाट म्यालवेयर फैलाउने कामलाई गो ह्यासट्याग वेबफस्केटर नाम दिएका छन् ।

ह्याकरहरुले माइक्रोसफ्ट अफिसको फाइल फिशिंग ईमेलको रुपमा पठाउने गरेको पाइन्छ । मालवेयरमा गोल्यांग प्रयोग गरिएको छ । गोल्यांग भनेको गूगल ओपन सोर्स प्रोग्रामिंग लैंग्वेज हो ।