कीवर्डहरू -

१ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाइने, प्रत्येक हप्ता एक जनाले १ लाख जित्न सक्ने

१ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाइने, प्रत्येक हप्ता एक जनाले १ लाख जित्न सक्ने

१ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाइने भएको छ । दशै, तिहार र छठ पर्वलाई लक्षित गर्दै डिशहोमले १ बर्ष रिचार्ज गर्दा २४ महिना टिभी हेर्न सकिने योजनालाई निरन्तरता दिएको हो ।

डिशहोमको सेवा लिईरहेका डिटिएचका ग्राहकहरुलाई लक्षित गरि सार्वजनिक गरिएको यो योजनामा डिशहोमको डिलरदाईबाट फण्डट्रान्सफर गर्दा एकवर्ष अर्थात १२ महिनाको रिचार्ज गर्ने ग्राहकले २४ महिनासम्म टेलिभिजन हेर्ने सेवा पाउनेछन् ।

यससंगै एक वर्षको रिचार्ज गर्ने ग्राहकहरु मध्येबाट प्रत्येक हप्ता लक्की ड्र मार्फत एकजना ग्राहकले रु एक लाख पनि जित्न सक्ने छन् ।

हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोमका एक्सक्लुसिभ च्यानलहरु रमाईलो एचडी, सरोकार टिभि, रियालिटि टिभि, नेपा च्यानल लगाएत डिशहोम सोकेस मा लक्की ड्र को प्रत्यक्ष प्रसारण हुनेछ ।

एक दशकदेखी स्याटेलाईट प्रविधिमा उत्कृष्ट दृश्यसहितको टेलिभिजन सेवा प्रदान गरिरहेको डिशहोम नेपालको नं. १ टेलिभिजन सेवा प्रदायक हो ।

डिटिएच प्रविधि मार्फत टेलिभिजन सेवा दिईरहेको डिशहोमले  फाइबरमार्फत डिशहोम फाईबरनेट ब्राण्ड नाममा नेपालभर ईन्टरनेट सेवा पनि प्रदान गरिरहेको छ ।