प्रभु बैंक लिमिटेड र डिश मिडिया नेटवर्कबीच विभिन्न सेवाहरुमा थप सुविधा र छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
बुधबार प्रभु बैंकको बबरमहलस्थित प्रधान कार्यालयमा आयोजित एक समारोहमा बैंकका तर्फबाट प्रमुख सञ्चालन अधिकृत रश्मी पन्त र डिश मिडिया नेटवर्कका तर्फबाट सेल्स् विभागका प्रमुख रमेश सापकोटाले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
प्रभु बैंक र डिश मिडिया नेटवर्कबीच सम्पन्न उक्त सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गर्ने ग्राहकले डिश होम टीभी र डिश होम फाइबर नेटको सेवामा थप सुविधा प्राप्त गर्ने भएका छन् ।
डिश मिडिया नेटवर्कका सम्पूर्ण कर्मचारी, डिलर तथा ग्राहकहरुले प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गर्दा बैंकले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधामा आकर्षक छुट प्राप्त गर्ने व्यवस्था मिलाइएको छ ।
यस सम्झौताबाट बैंकका निक्षेपकर्ताहरु तथा डिश मिडियाका सम्पूर्ण ग्राहकहरु लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।