कीवर्डहरू -

आईफोन १४ मा अब ई-सिम मात्रै प्रयोग गर्न सकिने, सिम स्लट हटाइयो

आईफोन १४ मा अब ई-सिम मात्रै प्रयोग गर्न सकिने, सिम स्लट हटाइयो

आईफोन १४ सार्वजनिक भएको छ । यो ६.७ इन्चको स्क्रीन र गत वर्षकै ए १५ बायोनिक प्रोसेसर सहित सार्वजनिक भएको छ । कम्पनीले बुधबार फार आउट नामक कार्यक्रम आयोजना गरेर आईफोन १४ सार्वजनिक गरेको हो ।

यसमा सुपर रेटिना डिस्प्ले रहेको छ र यसले १२०० निट्स ब्राईटनेस पनि दिने गर्दछ । डिभाइस पाँच रंगमा उपलब्ध रहेका छन् जसमा निलो र पर्पल रंग रहेका छन् ।

यसको ब्याट्री लाइफ पनि लामो रहेको छ । यसमा १२ मेगापिक्सेल प्रमुख क्यामेरा रहेको छ । यसमा ठूलो सेन्सर र ठूलै पिक्सेलहरु रहेका छन् । भिडियो रेकर्डिंगमा पनि एक्सन मोड भन्ने फिचर रहेको छ । यसले रेकर्ड गर्दा हल्लिएको किसिमको भिडियोलाई स्थिर गर्ने गर्दछ ।

यसमा ईसिमलाई प्रवर्द्धन गर्दै सिम स्लट पनि हटाइएको छ । आईफोन १४ मा इमरजेन्सी एसओएस भन्ने फिचर पनि रहेको छ । आईफोन १४ को मूल्य ७९९ डलर देखि ८९९ डलर सम्म पर्ने गर्दछ । आईफोन १४ को प्रिअर्डर सेपटेम्बर ९ बाट सुरु हुन्छ ।