काठमाडौंको सनवे कलेजले बुधबार समाजिक संजालमा प्रभाव राख्ने विभिन्न क्षेत्रहरुका व्यक्तिहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । 'इन्फ्लुएन्सर मिटअप बेटा' नाम दिइएको कार्यक्रममा विभिन्न क्षेत्र र एजेन्सीबाट करिब ३ दर्जन व्यक्तिहरु उपस्थित भएका थिए ।
कलेजले ती व्यक्तिहरुसँग अन्तक्रिया गर्ने र एकअर्काबीच सम्बन्ध स्थापित गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको कलेजका निर्देशक अमृत थापाले जानकारी दिए । कार्यक्रममा अपेक्षा गरिएभन्दा धेरै जना सहभागी भएको र सफलतापूर्वक सम्पन्न गरिएको कलेजले जानकारी दिएको छ ।
कार्यक्रममा कलेजका विद्यार्थीले विभिन्न प्रस्तुति पनि दिएका थिए । कार्यक्रममा इन्फ्लुएन्सहरुसँग फोटो खिच्न धेरै बुथहरु पनि राखिएको थियो ।
प्रसंशकहरुले आफ्ना मन पर्ने इन्फ्लुएन्सहरुका लागि हातले लेखिएको सन्देश र नोटहरु पनि बनाए र त्यसमा आफ्ना भावना, प्रभाव र उनीहरुको जीवनमा ती इन्फ्लुएन्सरले दिएको प्रेरणा पनि उल्लेख गरेका थिए । उपस्थित एन्फ्लुएन्सरको सुरक्षाका लागि नेपाली प्रहरीले सहयोग गरेको थियो ।
कार्यक्रममा इभा गिरी, अश्विन न्यौपाने, ललाना चिमोरिया, बोनिता शर्मा, श्रेणी खतिवडालगायतका विभिन्न इन्फ्लुन्सर र शेरचन कन्सल्टिङ, इलान्स, आइडिए, आडियाजार लगायतका एजेन्सीहरुबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको सनवे कलेजले जानकारी दिएको छ ।