कीवर्डहरू -

वर्ल्ड कम्युनिकेसन अर्वाडको दुई विधामा सर्टलिस्ट भयो एनसेल

वर्ल्ड कम्युनिकेसन अर्वाडको दुई विधामा सर्टलिस्ट भयो एनसेल

एनसेल वर्ल्ड कम्युनिकेसन अर्वाड २०२२ को दुई ओटा विधामा सर्टलिस्ट भएको छ । एनसेल वर्ल्ड कम्युनिकेसन अर्वाड २०२२ को कस्टोमर एक्सपेरियेन्स अर्वाड र द सोसियल कन्ट्रिब्युसन अर्वाड विधामा सर्टलिस्ट भएको हो ।

विश्वभरका देशहरुले सहभागिता जनाएको वर्ल्ड कम्युनिकेसन अर्वाड २०२२ मा नेपाली दूरसञ्चार कम्पनी एनसले २ विधामा सर्टलिस्ट भएको छ ।

यो अवार्डको विजेता घोषणा नोभेम्बर १ मा गरिनेछ । सर्टलिस्ट भएका कम्पनीहरु वर्ल्ड कम्युनिकेसन अर्वाड (डब्लुसीए) विज्ञ निर्णायक टोलिद्वारा छनौट गरिएका हुन् । अर्वाड २१ विभिन्न विधाहरुमा प्रदान गरिने भएको छ ।

वर्ल्ड कम्युनिकेसन अर्वाड टेलिकम काङ्ग्रेसको एक कार्यक्रम हो । विगत २४ वर्ष देखि वर्ल्ड कम्युनिकेसन अर्वाडले इन्नोभेसन र टेलिकम सेवा प्रदायकहरूलाई पहिचान गरेर सम्मान गर्दै आएको छ ।

गत वर्षपनि एनसेल आजियाटा लिमिटेड प्रतिष्ठित ‘वर्ल्ड कम्युनिकेसन अवार्ड २०२१’ को दुई विधामा सम्मानित भएको थियो  । कम्पनीले ‘द सोसियल कन्ट्रिब्युसन अवार्ड’ र ‘क्राइसिस रेस्पोन्स अवार्ड’ मा पुरस्कार हात पार्न सफल भएको थियो ।