कीवर्डहरू -

दोस्रो वार्षिकोत्सवको अवसरमा आईटी कोर्षमा ३० प्रतिशतसम्म छुट दिदै दूरशिक्षा

दोस्रो वार्षिकोत्सवको अवसरमा आईटी कोर्षमा ३० प्रतिशतसम्म छुट दिदै दूरशिक्षा

सूचना प्रविधि सम्बन्धि तालिम प्रदान गर्ने संस्था दूरशिक्षा ले आफ्नो दोस्रो वार्षिकोत्सवको अवसरमा ३० प्रतिशतसम्म छात्रवृत्ति दिने भएको छ ।

कम्पनीले डिप्लोमा कार्यक्रम अन्तर्गत सफ्टवेयर इन्जिनियरिङ र डेटा साइन्स विषयमा ३० प्रतिशतसम्म छुट दिने भएको हो ।

दुरशिक्षाले शुक्रबार आफ्नो दोस्रो वार्षिकोत्सव मनाइरहेको छ । यी कोर्षमा क्रेडिट ट्रान्सफरको सुविधा समेत रहेको छ । छात्रवृत्ति सुविधा सिमित समयका लागि मात्र उपलब्ध रहेको दूरशिक्षाले जानकारी दिएको छ ।

आईटी ट्रेनिङको क्षेत्रमा दूरशिक्षाले छोटो समयमै आफ्नो छुट्टै छाप छोड्न सफल भएको छ । साथै अब सातै प्रदेशमा फ्रेन्चाइजको रूपमा शाखा कार्यालय समेत खोल्ने जनाएको छ । यस अन्तर्गत पहिलो चरणमा पोखरामा शाखा खोल्न सम्झौता समेत भइसकेको छ ।

दूरशिक्षाले प्रोग्रामिङ एण्ड फ्रेमवर्क, क्लाउड कम्प्युटिङ, सफ्टवेयर टेस्टिङ, मोबाइल एप डेभलपमेन्ट, डिजिटल मार्केटिङ, वेब डेभलपमेन्ट, प्रडक्ट इन्जिनियरिङ लगायतका ट्रेनिङ दिदै आएको छ ।

दूरशिक्षाले निमा एकेडेमीसँगको सहकार्यमा जुनियर मेगामाइण्ड अन्तर्गत बच्चाहरूलाई कोडिङ र एआई सम्बन्धि तालिम पनि प्रदान गरिरहेको छ ।

‍काठमाडौंको जमलमा केन्द्रिय कार्यालय रहेको दूरशिक्षाले पढ्ने विद्यार्थीहरूलाई रोजगारीको अवसर समेत दिदै आएको छ । दूरशिक्षाले २५ बढी संस्थासँग प्लेसमेन्टका लागि सहकार्य गरेको छ ।