कीवर्डहरू -

राष्ट्रिय आविष्कार केन्द्रलाई १ करोड राशिको पुरस्कार

राष्ट्रिय आविष्कार केन्द्रलाई १ करोड राशिको पुरस्कार

गैरआवासीय नेपाली सङ्घ र बिबी फाउण्डेशनको संयुक्त पहलमा नेपालकै ठूलो धनराशिको पुरस्कार महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरिने भएको छ ।

नेपालको विकासमा महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रले पुर्याएको योगदानको कदरस्वरुप संघ तथा बिबी फाउन्डेसनद्वारा संयुक्तरुपमा एक करोड रूपैयाँको ‘भवन कीर्ति रत्न’ पुरस्कार आउँदो मंगलबार प्रदान गर्ने भएको हो ।

यसअघि बिबी फाउण्डेसनका अध्यक्ष एवं गैरआवसीय नेपाली संघका पूर्वअध्यक्ष भवन भट्टले गैरआवासीय नेपाली संघको १०औं सम्मेलन उक्त पुरस्कारको घोषणा गरेका हुन् ।  ‘भवन कीर्ति रत्न’ पुरस्कार हरेक दुई दुई वर्षमा प्रदान गरिने जनाइएको छ ।