कीवर्डहरू -

१४ हजार ९९९ रूपैयाँमा ३२ इन्चको यसुदा टिभीसहित एक वर्षको नेटटिभी र सेटअप बक्स सुविधा  

१४ हजार ९९९ रूपैयाँमा ३२ इन्चको यसुदा टिभीसहित एक वर्षको नेटटिभी र सेटअप बक्स सुविधा  

नेटटिभीले दशैंलाई लक्षित गर्दै  ‘NETTV fesTVty’ अफर  ल्याएको छ । दशैँ अफरमा नेटटिभीले टिभी र नेटटिभी सब्सक्रिप्सनको बन्डल अफर एकदम सुपथ मुल्यमा बजारमा ल्याएको छ ।

यस अफर अन्तर्गत नेटटिभीको सेट टप बक्स र एक वर्षको सदस्यताको साथमा  उपभोक्ताले यसुदाको ३२ इन्चको  YS-३२NWN मोडल  एलईडी वा ४३ इन्चको YS-४३NWS मोडलको बेजललेस स्मार्ट टिभी खरिद गर्ने सक्नेछन् ।

३२ इन्चको टिभी,  नेटटिभी सेट टप बक्स र एक वर्षे  प्लानको मूल्य भ्याटसहित १४ हजार ९९९ रूपैयाँ रहेको छ भने ४३ इन्च टिभी, नेटटिभीको सेटटप बक्स र एक वर्षे प्लानको मूल्य  भ्याटसहित २९ हजार २९९ रूपैयाँ रहेको छ ।

दुवै प्लानमा सेट टप बक्सको डिपोजिट ५०० रूपैयाँ लाग्ने छ । नेटटिभी नेपालको  पहिलो गूगलबाट प्रमाणित एन्ड्रोइड टिभी सञ्चालक हो ।