मार्केट रिसर्च फर्म आइडिसीको विश्वव्यापी मोबाइल फोन ट्रयाकरको दोस्रो त्रैमासिक २०२२ को प्रतिवेदन अनुसार साओमी नेपालको नम्बर एक स्मार्टफोन कम्पनी बनेको छ ।
साओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित पंडाज्यूले आइडिसिको रिपोर्ट अनुसार निरन्तर आठौँ त्रैमासिक सम्म पनि नेपालको नम्बर एक स्मार्ट फोन कम्पनी बन्न सफल भएको बताए ।
रेडमी १० सेरिज, रेडमी ११ सेरिज, रेडमी १२ सेरिज जस्ता विभिन्न मुल्यका धेरै उत्पादनहरु बजारमा ल्याएको कारण शाओमी ब्राण्डको बजारमा उल्लेखनीय वृद्धि भएको छ ।
यसका साथै शाओमीले नेपालमा मी वाच लाइट, टिभी स्टिक, ट्रिमर, ब्यान्ड ६, सोनिक बास वायरलेस इयरफोन, पावरब्यान्क, मी प्याड ५ र हालसालै एअर प्युरिफायेर, एअर कम्प्रेसर लगायत ३० वटा नयाँ इकोसिस्टम उत्पादनहरु पनि लन्च गरेको छ ।
यसका अतिरिक्त अफलाइन नेटवर्क विस्तारको कारणले ब्रान्डको समग्र वृद्धिमा योगदान पुर्याएको छ । आज शाओमीले नेपालमा आफ्नो उपस्थिति सुदृढ गर्दै देशभरिमा १२ वटा आधिकारिक स्टोर र १८ वटा सर्भिस सेन्टर स्थापना गरेको छ ।
हाल नेपालको विभिन्न स्थानहरुमा कम्पनीको एक बलियो वितरण नेटवर्क रहेको छ । नेपाली ग्राहकहरुको आवश्यकताहरु पूरा गर्नको लागि विशेष आधिकारिक सर्भिस सेन्टरहरुको साथ -साथै एक डेडिकेटेड सर्भिस वेयर हाउसकोे माध्यमबाट मजबूत आफ्टर सेल्स सर्भिस प्रदान गर्दै कम्पनीले बजारमा आफ्नो स्थिति बलियो बनाएको छ । यसले शाओमीलाई विगतको त्रैमासिकमा भन्दा अझै धेरै बजार हिस्सा लिन सहयोग गरेको छ ।