के.एल.दुगड ग्रुप अन्तर्गतको कम्पनी स्मार्ट अप्लायन्सेसले दशैं–तिहारको अवसरमा स्काइवर्थ होम अप्लायन्समा ‘क्यासब्याक दनादन उपहार टनाटन’ सार्वजनिक गरेको छ ।
यस अभियान अन्तर्गत ग्राहकहरुले स्काइवर्थ होम अप्लायन्सको खरिदमा ३५ प्रतिशतसम्मको क्यासब्याकको साथै अन्य धेरै निःशुल्क उपहारहरू प्राप्त गर्न सक्नेछन् ।
स्काइवर्थले नेपाली बजारमा घरेलु उपकरणहरु उपलब्ध गराउँदै आइरहेको छ । विगत ५ वर्षदेखि स्काइवर्थ नेपालमा लोकप्रिय छ ।