कीवर्डहरू -

१० औं विज्ञान दिवस : ‘विज्ञान र प्रविधिमा लगानीको विस्तारः समुन्नति र समृद्धिको आधार’  

१० औं विज्ञान दिवस :  ‘विज्ञान र प्रविधिमा लगानीको विस्तारः समुन्नति र समृद्धिको आधार’  

सरकारले १० औं राष्ट्रिय विज्ञान दिवसको नारा तय गरेको छ । यस वर्षको विज्ञान दिवसको नारा ‘विज्ञान र प्रविधिमा लगानीको विस्तारः समुन्नति र समृद्धिको आधार’ तय भएको हो ।

नेपाल सरकारले विज्ञान र प्रविधिको उपयोग र जनचेतना फैलाउने उदेश्यका साथ २०६९ साल मंसिर ८ गते निर्णय गरी हरेक वर्ष असोज १ गते राष्ट्रिय विज्ञान दिवस मनाउने निर्णय गरेको थियो ।

विज्ञान विषय वैज्ञानिकहरुको मात्रै विषय नभएर यो आमजनताको र सरोकारको विषय बनाउन राष्ट्रिय विज्ञान दिवसको आवश्यकता छ ।

आम जनतालाई वैज्ञानिक गतिविधि, वैज्ञानिक ज्ञान र यसमा संलग्न गराउन सप्ताहव्यापी कार्यक्रम आयोजना गरी विज्ञान दिवसको मनाउँदै आइएको छ ।